चितवनः जिल्लामा लगाईएको मकै बालिमा अमेरीकन फौजि किराले क्षती पु¥याउन थालेको छ । स्थान हेरी कन २० देखि ३० प्रतिशत सम्म क्षती पु¥याएको पाईएको छ ।

मकैको पातमा पुतलिले फुल पारे पछि फुलबाट निस्किएको लार्भाले सुरुमा पातको हरियो भाग खाएर सेतो धर्सा देखिने कृषकहरु वताउँछन् । सोही लार्भाले गुभोमा पुगेर वढि रहेको गुभो र पातको हरियो भाग पुरै खाएर नष्ट गर्ने गरेको छ ।

नेपालमा गत वर्ष नवलपुरको गैंडाकोटमा पहिलो पटक यो फौजि किरा देखिएको हो । यसलाई कतिपयले अमेरीकन मिचाहा फौजि किरा पनि भन्ने गर्दछन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीनाका अनुसार यो नयाँ किरा भएकाले यसको अनुसन्धान राष्ट्रिय मकैबालि अनुसन्धान कार्यक्रम रामपुरमा भईरहेको छ । जिल्लामा करिब ७ हजार हेक्टरमा मकै लगाईएको छ ।

अधिकांश ठाउँमा यसको प्रकोप देखिएको भन्दै उहाँले २० देखि ३० प्रतिशत सम्म नोक्सान गरेको वताउनुभयो । अन्य किराले सामान्य हिसाबले एक वर्षमा दुई देखि तीन पुस्ता तयार हुने गर्दछ । तिमल्सीनाका अनुसार यो किरा नयाँ भएकाले बिभिन्न प्रजाती र जीवन चक्रका बारेमा थाहा भई सकेको छैन । किराको वायोलोजिकल व्यवस्थापन र जैबिक बिधिबाट नियन्त्रण गर्न केही कामहरु सुरु गरिएको छ ।

नेपालको तराई क्षेत्रमा बिगतका वर्षहरुमा फाट्ट फुट्ट मात्र हिउँदे मकै र अधिकांश ठाउँमा वर्षे मकै मात्र लगाउने गरिन्थ्यो । पछिल्ला वर्षहरुमा हरियो घोगाको बिक्रि वढेको र पशु तथा कुखुराको दाना प्रयोजनाका लागि ठूलो परिणाममा मकै आबश्यक पर्ने भए पछि हाईब्रिड जातका मकै सबै समयमा लगाउने गरेको पाईन्छ ।

यसले गर्दा किराको प्रकोप तराई र पहाडमा निकै वढिरहेको उहाँ बताउनुहुन्छ । यसको नियन्त्रण गर्नका लागि अपनाईएको बिधिका बारेमा उहाँले भन्नुभयो “प्राङ्गारीक किसिमबाट खेति गरिएको हो भने वजारमा उपलव्ध प्राङ्गारीक बिषादी पाँच मिलिलिटर एक लिटर पानीमा मिसाएर गुभोमा छरेमा नियन्त्रण हुन्छ ।”

आबश्यकता अनुसार एक पटक दोहो¥याउनु पर्ने भन्दै उहाँले यो बिधिका लागि खेत वारीमा कुन वोटमा किरा छ पहिचान गर्न सक्नु पर्ने बताउनुभयो । व्यवसायीक मकै खेती गरेको ठाउँमा प्राङ्गारीक बिधि अपनाउन खर्चिलो हुने भन्दै उहाँले यसका लागि सिफारीस गरिएका रासायनीक बिषादी मध्ये कुनै दुई वटा आलोपालो गरि राम्रो संग छरीयो भने ठूलो नोक्सानी हुनबाट बच्ने छ ।

अहिले यहाँको मकै वालीमा गवारोको प्रकोप पनि देखिएको छ । यसले गुभो र घोगामा नोक्सानी पु¥याउने गर्दछ । यो नगन्ने मात्रामा रहेको छ । फौजी र गवारोको प्रकोप रोक्न सरोकारवाला निकायहरुले आबश्यक सहयोग गर्दै आएका छन् । स्थानीय तहका कृषि बिकास शाखा र कृषि ज्ञान केन्द्र संगै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट प्राबिधिक सरसल्लाहा र आबश्यक बिषादी समेत सहयोग पु¥याईएको तिमल्सीनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !