
चितवनः पैदलै भरतपुर कोरोना बिशेष अस्पताल आएका कोरोना संक्रमितलाई बाटोमा मोटरसाईकल चढाएरै लगिदिने आग्रह अस्विकार गरेका थिए । भरतपुरको केन्द्रिय वस ट्रमिनल झरेर पैदलै उनी बिमानस्थल अगाडीको वाटो हुँदै कोरोना अस्पताल तर्फ आएका थिए ।
एकान्त बाटोमा रातको ११ वजे पछिको समयमा उनी एक्लै हिडीरहेका थिए । सोही क्रममा एक भलाद्मीले टाढैबाट मोटरसाईकल रोकेर रातीको समय कहाँ पुग्ने हो लगिदिन्छु भनि आग्रह गरेको उनले अस्पतालका चिकित्सक संग भनेका छन् । भरतपुर अस्पतालका डा. प्रमोद पौडेलका अनुसार त्यस क्रममा ती व्यक्तिले आँफु भारतबाट आएको र कोरोना परिक्षण गर्न अस्पताल जान लागेकाले मोटरसाईकल नचढ्ने भनि जवाफ दिएका थिए । मोटरसाईकल रोक्ने व्यक्ति केही परि भएकाले कुनै समस्या नहुने अनुमान गरिएको छ ।
पूर्बी नवलपरासीको देवचुली गाउँपालिका वडा नम्बर १२ का ४९ वर्षिय ती व्यक्ति वैशाख ३० गते राती ११ः३० वजे भरतपर कोरोना बिशेष अस्पताल आईपुगेका हुन । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार ती व्यक्ति वैशाख २७ गते भारतको कलकत्ताबाट हिडेंका थिए । एउटा ट्रकमा रक्सौलमा आएर झरेको चापागाईले जानकारी दिनुभयो । त्यहाँबाट सामान लिन नेपालबाट गएको ट्रक चढेर उनी आएका हुन । उनका अनुसार ट्रकमा चालक मात्र छन् । ट्रक काठमाडौं तर्फ गएको अनुमान छ । चापागाईको भनाईमा ती व्यक्तिलाई परिवारले भरतपुरमा कोरोना परिक्षण गरेर मात्र आउन भनेपछि उनी अस्पताल पुगेका हुन । ती व्यक्ति निकै संयमित भएका कारण समस्या नभएको चापागाईले बताउनुभयो ।
हाल उनको अबस्था सामान्य रहेको छ । भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार उनलाई कोरोना अस्पतालको आईसोलेसनमा राखिएको छ । भरतपुर अस्पतालमा यस अघि रहेका २ जना कोरोना संक्रमित निको भएर घर फकिए पछि हाल अस्पतालमा संक्रमित छैनन् । भरतपुर अस्पतालकै स्वामित्वमा रहेको कोरोना अस्पतालमा उनलाई राखिएको छ ।
उनी कलकत्ताबाट रक्सौलसम्म तरकारी वोकेको ट्रकमा आएका हुन । ट्रकमा चालक र सहचालक रहेको उनले अस्पतालमा जनाएका छन् । डा. पौडेलका अनुसार रक्सौलबाट उनी चढेर आएको ट्रक पनि तरकारी वोकेकै थियो । सो ट्रक २६२० नम्बरको रहेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “संञ्चार माध्यममार्फत ट्रक चालक र मोटरसाईकल चालकलाई परिक्षणका लागि आउन सन्देश पु¥याउनु प¥यो ।”