
चितवनः नेपाली काँग्रेसले भरतपुर महानगरपालिका वडा नम्बर ९ मा सडक पिच गर्दा भएको अनियमितता छानविन गर्न माग गरेको छ । नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ९ का सभापति कृष्णप्रसाद शर्मा सोती सहितको टोलीले वडाध्यक्ष यामलाल कण्डेललाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरिएको हो ।
भरतपुर ९ बिशालटोलमा सडक पिच गर्दा अनियमितता भएको सम्बन्धी समाचार सत्यकलमले प्रकाशन गरेपछि यसप्रति सबैको चासो बढेको थियो । सो पिचगत शनिावर रात पिच गरिएको थियो भने भोलिपल्ट बिहानै भत्किएको थियो । काग्रेसले ज्ञापन पत्रमा विकास निर्माणका काम गर्दा रातारात गर्ने, गुणस्तर हिन काम गर्ने, सर्वदलीय उपभोक्ता समिति गठन नगर्नु जस्ता कार्यले नियतमा खोट देखिएको उल्लेख छ ।