
चितवनः जिल्लानमा भेटिएका कोरोना संक्रमित भारतको कलकत्ता हुँदै नेपाल आएका थिए ।
कलकत्ताबाट रक्सोल हुँदै अबैध बाटोको प्रयोग गरेर बिरगञ्ज आई त्यहाँबाट फलफुलको गाडीमा चढेर नेपाल भित्रिएका थिए । त्यस पछि उहाँलाई देवचुलिका जनताले कोरोना परिक्षण नगरी जिल्ला भित्रन नदिए पछि अस्पताल आएको चिकित्सक प्रमोद पौडेलले जानकारी दिनुभयो ।
उनी ३० गते साँझ भरतपुरको कोरोना अस्पतालमा आएका थिए । पूर्वी नवलपरासीस्थित देवचुलीका एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा देवचुलीका एक जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिनुभयो । संक्रमित ४९ वषिय पुरुषलाई अहिलाई अहिले भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा राखिएको छ । उनको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनको पिसिआर परिक्षण वैशाख ३१ गते गरिएकोमा आज नतिजा आएको हो । उनी संगै अन्य ५२ जनाको नजिता भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । योसंगै पूर्वी नवलपरासी पनि कोरोना संक्रमित जिल्लामा थपिएको छ ।