चितवनः लायन्स क्लबस् ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी २ नेपालको प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका लागि चितवनका रामप्रसाद भट्टले उम्मेदवारी दिनु भएको छ । लायन वर्ष २०२०÷२०२१ का लागि उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
जुम एप कन्फरेन्समा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले आँफुलाई प्रथम डिष्ट्रिक्ट गभर्नर, शम्भु नकर्मीलाई डिष्ट्रिक्ट गभर्नर र सी वि चन्दलाई सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नरका लागि शत प्रतिशत सकारात्मक मतदान प्रदान गरि बिजयी गराईदिन समेत आग्रह गर्नुभएको छ ।
भाईस सेकेन्ड गभर्नरको रुपमा रहेर काम गर्दा सहयोग गर्ने सम्पूर्ण लायन कर्मीहरुरुलाई धन्यवाद ज्ञापन गर्दै भट्टले मतदान गरि सवैले सहयोग गरिदिन आग्रह गर्नुभएको हो । भरतपुर महानगपालिका वडा नम्बर २ निवासी भट्टले सन २००१ मा तनहुँको लायन्स क्लव अफ डुम्रे बिमलनगरको संस्थापक सदस्य वाट लायन्स अभियानमा समाहीत हुनु भएको हो ।
सो पश्चात चितवनमा रहेको लायन्स क्लब अफ वागेश्वरीको अध्यक्ष हुँदै डिष्ट्रिक्ट क्याबिनेटका महत्वपूर्ण पदहरुमा रहेर काम गरि सक्नु भएको छ । सामाजिक क्षेत्रमा अग्रणी व्यवसायी भट्ट निजी र सामाजिक दर्जनौं सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । पछिल्लो समय कोरोना रोग नियन्त्रण तथा रोकथाम उहाँको नेतृत्वमा भएको अभियानलाई महत्वपूर्ण रुपमा लिईएको छ ।