चितवनः माडीमा बाघको आक्रमणबाट एक किशोरि घाईते भएकी छन् । ईलाका प्रहरी कार्यालय माडीले दिएको जनाकारी अनुसार घाईते हुनेमा माडी नगरपालिका वडा नम्बर ६ हरिनगर निवासी २६ वर्षिया समिक्षा मगर रहनु भएको छ ।
घर नजिक रहेको रिउ खोलामा गाई बस्तु चराउन जाने क्रममा मगरलाई आज दिउँसो २ः३० वजे आक्रमण गरेको थियो । आक्रमणबाट मगरको देब्रे खुट्टा र कुममा चोट लागेको छ । मगरको वघौडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस !