चितवनः नेपाल प्रेस युनियन चितवन शाखाले आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै तत्काल कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परिक्षणको व्यवस्था मिलाई दिन माग गरेको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वमा गएको टोलिले भट्टराईलाई ज्ञापन पत्र वुझाएको हो ।
पर्सामा पत्रकारहरुमा कोरोना संक्रमण भेटिए संगै जिल्लामा रहेका पत्रकारहरुमा पनि संक्रमणको हुन सक्ने भन्दै परिक्षणको माग गर्दै युनियनले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा भनिएको छ “नेपालमा कोभिड १९ देखिएसंगै यहाँका पत्रकारहरुले प्रत्यक्ष रुपमा कार्यक्षेत्रमा खटिएर काम गरिरहेको सर्वबिधितै छ । अतः चितवन जिल्लामा रहेर कार्यक्षेत्रमा खटिएर काम गरिरहेका पत्रकारहरुको तत्काल पिसिआर परिक्षणका लागि व्यवस्था मिलाईदिनुहुन अनुरोध छ ।” समयमानै परिक्षण भएमा संक्रमण देखिहालेमा ती व्यक्तिबाट धेरै फैलन नपाउने र निर्धक्क संग काम गर्ने बातावरण सृजना हुने ज्ञापनपत्रमा उल्लेख छ ।
साथै जिल्लामा रहेका पत्रकारलाई संस्थाले दिएको परिचय पत्रका आधारमा हिडडुल गर्न पाउने गरि सुरक्षा निकायमा आवस्यक निर्देशन दिन र पत्रकारको सुरक्षाको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी भट्टराईले युनियनको माग प्रति सकारात्मक हुँदै छिट्टै कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परिक्षण गरिने वताउनुभयो । उहाँले आँफु पनि सुरक्षित भएर काम गर्न सबै पत्रकारलाई सन्देश प्रवाह गरीदिन आग्रह गर्नुभयो ।
पत्रकारहरुको परिचय पत्रका आधारमा हिडडुल गर्न दिईएको भए पनि अनाबश्यक काममा वाहिर ननिस्कन उहाँको आग्रह थियो । यसै गरि युनियन चितवनले लकडाउनको समय सुरु भए संगै जिल्लामा रहेर पत्रकारीता गर्ने पत्रकारहरुलाई लक्षित गर्दै राहत बितरण, मास्क तथा सेनीटाईजर बितरण लगाएतका कामहरु गर्दै आएको छ ।
युनियनका अध्यक्ष ढकालले सामाजिक उत्तरदनईत्व संगै पत्रकारको स्वास्थ्यको बिषयलाई पनि ख्याल राख्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !