
चितवनः नेपालको भूमि प्रयोग गरि भारतले चीन संगको नाका जोढेको भन्दै काँग्रेस निकट भातृ संस्थाहरुले बिरोध जनाएका छन् । उनीहरुले बिभिन्न किसिमका सांकेतीक बिरोध गरिरहेका छन् ।
कोरोना त्रासको यस समयमा नेबिसंघले कहिले क्याम्पस कमिटिले त कहिले क्षेत्रल गर्दै बिरोध जनाएका छन् भने तरुणदल चितवनले त जागरण अभियाननै सुरु गरि सकेको छ । यसै क्रममा आज नेपाल बिद्यार्थी संघ चितवन साबिक क्षेत्र नम्बर ४ ले भरतपुरको चौबिसकोठीमा बिरोध प्रदर्शन ग¥यो । क्षेत्रीय समितिको आयोजनामा भारतले सिमा मिचेको बिरोधमा प्रदर्शन गरिएको हो ।
लकडाउनको समय संगै कोरोनाको त्रास वढेका वेला सामाजिक दुरी कायम गर्दै आन्दोलनलाई निरन्तरता दिईरहेको छ । भारतले सिमा मिच्दै जाने र नेपाल सरकारले नयाँ नक्सा जारी गर्न नसक्नुले सरकार असफल भईसकेको बिरोधका क्रममा बोल्ने बक्ताहरुले वताएका थिए । सरकारको अकर्मन्यताका कारण जनताले दुख पाएको उनीहरुको भनाई थियो । नेबिसंघ साबिक क्षेत्रीय सभापति बिष्णु भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सह सचिब सूर्य अर्याल, नेपाली काँग्रेसका महासमिति सदस्य बिजय भूषाल, महानगरपालिकाका संयोजक भरत अधिकारी लगाएतले बोल्नु भएको थियो ।