चितवन : कोरोना संक्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षिया महिलाको दुई पटक सम्म गरिएको स्वाब परिक्षण नेगेटिभ आएको छ । यस संगै उनी कोरोना मुक्त भएकी छन् ।
भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार पूर्बी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको नजिता नेगेटिभ आएको हो ।
यस अघिका पाँच पटकको नतिजामा नियमीत पोजेटिभ देखिएकी ती महिलालाई छैठौ र साँतौ नतिजा नेगेटिभ आए संगै भरतपुर अस्पतालले उनलाई बुधबार डिस्चार्ज गर्दै छ । तिवारीका अनुसार दिउँसो उनलाई घर पठाएर अस्पतालमा राखिएको ठाउँमा भाईरस मार्नका लागि औषधि छरिदैंछ ।
चैत ३ गते हंङ्कङ् हुँदै काठमाडौं आएर ५ गते राप्ती नगरपालिका वडा नम्बर ८ स्थित घर आएकी उनीमा वैशाख ३ गते ¥यापिट डाईग्नोस्टिक परिक्षणका क्रममा शंकास्पद देखिएको थियो । आमामा शंकास्पद देखिए पछि उनी र उनी संगै आएका दुई छोराको समेत पिसिआर परिक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो ।
उनी संगै पोजेटिभ देखिएका उनका २७ वर्षिय छोरालाई भने अस्पतालले केही समय अघि नै नेगेटिभ देखिए पछि डिस्चार्ज गरि सकेको छ ।
यस संगै चितवन जिल्ला कोरोना मुक्त भएको छ । अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले लगातार दुई पटक सम्म नेगेटिभ आए पनि घरमा केही दिन क्वारेन्टाईनमा बस्न सुझाब दिएर पठाईने जानकारी दिनुभयो ।उनी संगै अन्य ८२ जनाको नतिजा पनि नेगेटिभ आएको छ ।