
काठमाडौंः सरकारले लकडाउनलाई खुकुलो गर्दै जाँदा नेपालमा कोरोना संक्रमितको संख्या भने वढ्दो क्रममा रहेको छ । लकडाउन खुकुलो गरेको दोख्रो दिनमानै आज २४ जनामा क्रोरोना संक्रमीत भेटिएको छ ।
कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना देखिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ मा थप १३ जनामा कोरोना भाइरस देखिएको छ । १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना देखिएको छ ।
त्यसैगरी रुपन्देही समरीमाई गाउँपालिका७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी बर्दिया राजपुर–५ निवासी ११ वर्षीय महिलामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।