
चितवन: नेपालको लिपुलेकमा भारतले सडक बनाएर उद्घाटन गरेको बिरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुले चितवनमा प्रदर्शन गरिरहेका छन् । भारतले सीमा मिचेको बिरोध र अतिक्रमित भुमि फिर्ताको माग गर्दै नेविसंघका बिभिन्न इकाई समितिहरुले चितवनमा प्रदर्शन गरिरहेका छन् ।
आज (सोमबार) नेविसंघ बिरेन्द्र बहुमुखी क्याम्पसले अतिक्रमित नेपाली भुमि फिर्ताको माग गर्दै प्रदर्शन गरेको छ । भरतपुरको हाकिमचोकमा प्रदर्शन उत्रिएका विद्यार्थीहरुले भारत र सरकारबिरुद्द चर्को नाराबाजी गरेका थिए । उनिहरुले भारतले नेपाली भुमि अतिक्रमण गर्दा पनि सरकारले कुनै ठोस् कदम नचालेको भन्दै सरकारबिरुद्द नाराबाजी गरेका थिए ।
बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका पुर्ब केन्द्रिय उपाध्यक्ष निलकण्ठ रिजालले भारतले नेपाल आमाको अस्मिता लुट्न खोज्दा पनि सरकार मुकदर्शक बनेको आरोप लगाए । उनले कुटनितिक रुपमा अघी बढी अतिक्रमित नेपाली भुमि तत्काल फिर्ता ल्याउनका लागि सरकारलाई गम्भिर हुन आग्रह गरे । उनले नेपाल आमाको अस्तिमामाथि प्रहार भईरहदा नेविसंघ टुलुटुलु हेरेर नबस्ने बताए ।
नेपाल तरुण चितवनका सचिव प्रह्लाद उप्रेतीले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत बिभिन्न क्षेत्रमा भारतले बारम्बार सीमा मिच्ने प्रयास गरेकोले अब सहेर बस्न नसक्ने बताए । उसले नेपाली भुमि अतिक्रमण गरेर भारतले नेपाल आमामाथि प्रहार गरेको भन्दै अब कडा रुपमा प्रस्तुत हुन जरुरी रहेको बताए ।
नेविसंघ बिरेन्द्र बहुमुखी क्याम्पसका सभापति अनमोल अधिकारीले भारतले नेपाली भुमि मिच्दा पनि सरकारले ठोस् कदम नचाल्नु आपत्तीजनक भएको बताए । सरकार भारत सामु लम्पसार भएको उनको आरोप थियो । उनले चुनावमा ठुला ठुला भाषाणबाजी गरेको केपी ओली सरकारलाई मिचिएको नेपाली भुमि फिर्ता ल्याउन तत्काल कुटनितिक कदम चाल्न आग्रह गरे । उनले सरकारले ठोस् कदम नचाले नेविसंघ अझै कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।
बिरोध कार्यक्रममा नेविसंघ चितवनका विद्यार्थीहरुको उपस्थिती रहेको थियो । उनिहरुले ‘भारतिय बिस्तारबाद मुर्दाबाद’ ‘लिपुलेक हाम्रो हो’ ‘सीमा मिच्न पाईदैन’ लगायतको नारा लगाएका थिए । भारतले तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुदै लिपुलेक पुग्ने लिंक रोडको उद्घाटन गरेपछि त्यसको सर्बत्र विरोध भइरहेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ताको माग गर्दै देशभर नै प्रदर्शन भईरहेको छ ।