
चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रातारात गरिएको पिच उक्किए पछि स्थानीयले बिरोध गरेका छन् । वडा नम्बर ९ मा रहेको बिशाल टोलको प्रगती मार्गमा रातारात गरिएको पिच उक्किए पछि स्थानीयले बिरोध गरेका हुन ।
उपभोक्ता समितिले ठेकेदारको सामान भाडामा लिएर मजदुर लगाएर सडक निर्माणको काम गरिरहेको थियो । रु ८ लाख ८८ हजारको वजेटमा ३ सय ४५ मिटर लामो वाटोमा ओभरले (पिच माथी फेरी पिच थप गर्ने काम) गर्ने काम भईरहेको थियो । वडा कार्यालयको रु ४ लाख, रकमान्तर गरि पठाईएको रु ४ लाख र जनसहभागीतामा ८८ हजार रहेको छ । सो काम आईतबार राती गरिएको थियो । रातको समयमा उपभोक्ता समिति मार्फत भएको काममा चित्त नवुझे पछि स्थानीयले बिरोध गर्दै गरिएको ओभरले उक्कएका हुन ।
रातको समयमा जनताले नदेख्ने गरि बालुवा माथि प्राईम हालेर पिच गरे पछि बाटोमा गरिएको ओभरले बिहानै उकिन्न थालेको थियो । उक्कीन थाले पछि जनाले उपभोक्ता समिति र वडा अध्यक्षलाई वोलाएर देखाएका थिए । उपभोक्ता समितिको कम्जोरीका कारण यस्तो भएको स्थानीयको आरोप छ । वडा अध्यक्ष र उपभोक्ता समिति अध्यक्षको संलङ्नतामा यस्तो भएको स्थानीयले बताए ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष यमलाल कडेंलले स्थानीयको बिरोध पछि पिच भत्काएर पुनः निर्माणको काम गरिएको बताउनुभयो । रातको समयमा काम भएको र वालुवा नवडारीएकाले यस्तो समस्या आएको उहाँको भनाई छ । प्राबिधिकलाई समेत जानकारी नगराई सडकमा ओभरले गरिएको थियो ।
सो क्षेत्र हेर्दै आउनु भएका ईन्जिनियर सूर्य देवकोटा यस बिषयमा आँफुलाई जानकारी नभएको बताउनुहुन्छ । उपभोक्ता समिति मार्फत काम भएको भए पनि आँफुलाई जानकारी हुनु पर्नेमा ओभरले को बिषयमा जानकारी नभएको उहाँको भनाई छ ।
उपभोक्ता समितिका अध्यष प्रजापति रिजाल उपभोक्ता समितिले व्यवसायी संग भाडामा सामान लिएर कामदार परिचालन गरि काम गरेको बताउनु भयो । काम बिग्रिए पछि उहिले बिग्रिएको स्थानमा पुनः मर्मतको काम भईरहेको उहाँले बताउनुभयो । रातको समयमा काम भएकाले बिग्रिएको भन्दै उहाँले यसलाई सपार्ने काम भईरहेको बताउनुभयो ।