चितवन – नेपालको लिपुलेकमा भारतले सडक बनाएर उद्घाटन गरेपछि देशभर विरोध भइरहेको छ । भारतले तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुदै लिपुलेक पुग्ने लिंक रोडको उद्घाटन गरेपछि त्यसको सर्बत्र विरोध भइरहेको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ताको माग गर्दै चितवनमा पनि प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) मैयादेबि कन्या कलेज ईकाइ समितिले आज (आइतबार) भरतपुरको चौबिसकोठीमा बिरोध प्रदर्शन गरेको हो ।

भारतले नेपालकोे सिमा मिचेर सडक खोल्दा ओलि सरकार मुकदर्शक भएको भन्दै बिरोध प्रदर्शन गरिएको नेविसंघ मैयादेवि ईकाइ समितिकी सभापति प्रनिशा गुरुङ्गले बताईन् । दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र लगायत नेपालका बिभिन्न क्षेत्रमा बारम्बार भारतले सीमा मिच्ने प्रयास गरेकोले अब सहेर बस्न नसक्ने भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनिहरुले सरकार यो बिषयमा गम्भिर नभए कडा रुपमा थप आन्लोदनको कार्यक्रम अघि बढाउने चेतावनि समेत दिएका छन् ।

बिरोध कार्यक्रममा नेविसंघका पुर्ब केन्द्रिय उपाध्यक्ष निलकण्ठ रिजाल ,निवर्तमान केन्द्रीय सदस्य सराेज रेग्मी, नेपाली काँग्रेस चितवन क्षेत्र नं ३ का सहसचिब करुणकान्त पोख्रेल , तरुण दल जिल्ला अध्यक्ष राजन ताम्राकार , नेविसंघ निर्वतमान केन्द्रिय सदस्य कल्पना पौडेल , विद्यार्थी नेता प्रमेश्वर खनाल लगाएत विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !