खैरहनीः प्राईम कर्मसियल वैंकले चितवनमा राहत वितरण गरेको छ । चितवनको खैरहनी र राप्ती नगरपालिकाका ५ सय परिवारलाई राहत स्वरुप चामल र दाल वितरण गरेको प्राईम वैंक नारायणगढ शाखा प्रमुख विरोध अधिकारीले वताउनुभयो ।
अधिकारीका अनुसार खैरहनी वडा नम्वर १० र ११ तथा राप्ती वडा नम्वर ६,७ र ८ मा समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको हो । वडा कार्यालयहरुले अझै पनि राहत पाउनबाट वञ्चित रहेको जानकारी गराएपछि वैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको नारायणगढ शाखा प्रमुख अधिकारीले वताउनुभयो । खैरहनी वडा नम्वर १० मा ७५,वडा नम्वर ११ मा ७५ ता राप्ती वडा नम्वर ६ मा एक सय १० ,वडा नम्वर ७ र ८ का लागि एक सय २० परिवारका लागि पुग्ने राहत सम्वन्धीत वडाध्यक्षलाई हस्तान्तरण गरिएको थियो । प्राईम कर्मसियल वैंक भरतपुर शाखा प्रमुख पदमराज पौडेलले राहत विवरणको पत्र सम्वन्धीत वडा अध्यक्षहरुलाई हस्तान्तरण गरेका थिए ।
राहतको पत्र हस्तान्तरण पश्चात खैरहनी वडा नम्वर १० र ११ को वडा कार्यालयले ज्याला मजदुरी गरेर विहान वेलुकाको छाक टार्नेहरुलाई वितरण गरेका थिए । खैरहनीमा लकडाउन पछि दुई पटक राहत वितरण गरिसकेको छ । त्यस क्रममा छुटेकाहरुलाई वैंकले दिएको राहत वितरण गरिएको वडाध्यक्षहरुले वताउनुभयो । केन्द्रिय कार्यालयको प्रतिनिधित्व गर्दै आफुहरुले राहत वितरण गरिएको प्राईम कर्मसियल वैंक भरतपुर शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार कोरोना भाईरसको संक्रमण पश्चात प्राईम वैंकले सरकारी राहत कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।