काठमाडौंः भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोध प्रदशर्नमा उत्रिएका ३३ जना पक्राउ परेका छन् । आज दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको हो । माइतीघर मण्डला, लैनचौरलगायत स्थानबाट विद्यार्थीलाई प्रहरीले प्रक्राउ गरेको हो ।

नेविसंघ, सत्तारुढ नेकपानिकट अखिल, मोहन बैधनिकट अखिलले संयुक्त रुपमा गरिएको प्रदर्शनमा हस्तक्षेत्र गर्दै पक्राउ गरिएको नेविसंघ पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले जानकारी दिनुभयो। महानगरीय प्रहरी परिषरका एसएसपी श्याम ज्ञवालीले ३३ जना पक्राउ गरेको पुष्टि गर्नुभयो । भारतले लिपुलेक–कालापानी सडक बनाए पछि त्यसको विरोधमा प्रर्दशन भएको हो ।
भारतले एकतर्फीरूपमा नेपालको भूगोलमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको छ । भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।
नेपाल सरकारले नेपाली भूमिमा सडक निर्माण गरिएकोबारे स्पष्ट विवरण दिन दूतावासमार्फत आग्रह गरिएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस !