चितवनः देवघाटमा रातीको समयमा दाहासंस्कार गर्न रोक लगाईएको छ । देवघाट क्षेत्र बिकास समितिले राती १० वजेबाट विहान ४ वजे सम्म दाहासंस्कारमा रोक लगाएको हो ।
देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार धार्मीक मान्यताअनुसार रातको समयमा अन्त्येष्टि राम्रो नमानिने र व्यवस्थापन समेत कठिन हुने भएकाले रातको समयमा अन्त्येष्टि रोकीएको हो । सुरक्षाका हिसाबले पनि राती उपयुक्त नहुने उहाँको भनाई छ । पौडेलले भन्नुभयो “रातको समय गंगा बिश्रामको समय पनि हो । शस्त्रीय मान्यता अनुसार रातमा अन्त्येष्टि गर्नु हुँदैन ।”

रातीमा एकाएक नदी वढ्न सक्ने र शंकास्पद शवहरु आउन सक्ने भएकाले रातको समयमा दाहासंस्कार रोकीएको हो । समितिले दाहासंस्कारका लागि ल्याउने शवको दर्ता गर्ने गरेको छ । दाहासंस्कारका लागि दाउरा पनि उपलव्ध गराउँदै आएको छ । त्यसबापत एउटा शबको रु ३ हजार ५ सय दाउरा र रु ५ सय बातावरण शुल्क लिने गरेको छ ।
अति गरिबहरुका लागि निःशुल्क गरिर्दै आएको छ । राती १० वजे पछि आउने शवलाई शव प्रतिक्षा भवनमा राखेर बिहान ४ वजेबाट दाहासंस्कार गर्न भनिएको छ ।
शव घट्यो
लकडाउन संगै दाहासंस्कारका लागि आउने शव आधाभन्दा कम भएको छ । पौडेलका अनुसार त्यस अघिका समयमा दैनीक १५ वटा हाराहारी शब दाहासंस्कारका लागि ल्याउने गरेको भए पनि अहिले यो संख्या सातको हाराहारीमा झरेको छ ।
स्थानीय घाटहरुमा अन्त्येष्टि गर्नु एउटा कारण मानीएको छ । पौडेल दुर्घटना घटेको र मानीसले घरमा रहेर प्रतिरोधि शक्ती दिने खाना खाने गरेकाले रोगले आक्रमण गर्न नसकेका कारण पनि मृत्यु कम भएको अनुमान गर्नुहुन्छ । देवघाटमा मुख्य रुपमा चितवन, नवलपरासी, तनहुँ सहित छिमेकी जिल्लाबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ । समितिले दाहासंस्कारका लागि आउँदा २५ जना भन्दा वढि नआउन अनुरोध गरेको छ । यद्यपी अटेर गर्ने गरिएको पौडेलले बताउनुभयो ।
उहाँले अहिलेको बिसम परिस्थितिमा थोरै संख्यामा आएर अन्त्येष्टि गर्न सबै संग आव्हान गरिएको पनि जानकारी दिनुभयो ।
मलामी मदिरा भट्टि चाहार्ने गरेकोमा समितिको अशन्तुष्टि
देवघाटमा दाहासंस्कारका लागि आउने मलामीहरुले न्यूनतम आचरण समेत पालना नगरेको भन्दै पौडेलले असन्तुष्टि व्यक्त गर्नु भएको छ । उहाँका अनुसार मलामी आउनेहरु शोक मुद्रामा हुनु पर्नेमा मलामीले मदिराको भट्टि पसल समेत खोज्दै हिड्ने गरेको पाईन्छ ।
उहाँले भन्नुभयो “देवघाटको गरिमा म¥यादा र आचरणको ख्याल गर्नु प¥यो ।” अन्त्येष्टि पछि फर्कदा गंगामा स्नान गरेर चोखो भएर फर्कनु पर्ने उहाँको भनाई छ । धार्मीक बिधिअनुसार मलामी गएकाहरुले चोखो वसेर एक छाक छाड्नु पर्ने भन्दै उहाँले ती पुरै कर्म पुरा गर्न नसके पनि न्यूनतम कर्मभने भूल्न नहुने बताउनुभयो ।
यो बिधि परम्परागत मात्र नभएर बैज्ञानीक पनि भएको पौडेलको भनाई छ ।
शव संगै फोहोर वढि
देवघाटमा दाहासंस्कार संगै फोहोर धेरै आउने गरेको छ । देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार एउटा शब ल्याउँदा एक ट्याक्टर सम्म शवजन्य फोहोर आउने गरेको छ । फोहोर व्यवस्थापनका लागि भरतपुर महानगरपालिकासंग सहकार्य गरेर त्यहाँ फोहोर संकलन केन्द्र निर्माण गरिएको छ ।
हप्तामा दुई पटक महानगरले फोहोर उठाएर बिसर्जन गर्ने गरेको घिमिरेले बताउनुभयो । उहाँका अनुसार कुनैपनि फोहोर गंगामा फाल्न पाईदैन । सकेसम्म नदीलाई प्रदुषण हुनबाट रोक्ने काम भईरहेको छ । दाहासंस्कारका लागि आउने मलामीलाई माईकिङ्ग मार्फत नियमीत सन्देश प्रवाह गरिदै आएको छ ।
धार्मीक मान्यता अनुसार देवघाटमा अन्त्येष्टि गरिएमा पूण्य प्राप्तीहुने जनबिश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस !