चितवनः पूर्बी चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ चौकी डाँडामा शुक्रवार राती प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । राप्ती नगरपालिका वडा नम्बर १२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउदै गर्दा स्थानियले अवरोध गरेपछि हवाई फायर गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गोप्य सूचनाका आधारमा गाँजा वरामद गरि ल्याउने क्रममा चौकी डाँडामा जम्मा भई वसेका स्थानीय र प्रहरी बिच झडप भएको हो । झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको वा १२ च २७१ र ईलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ नम्बरको गाडी तोडफोड भए पछि प्रहरीले हवाई फायर गरेको कार्यालयका प्रबक्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो । सो क्रममा दुवै गाडीमा क्षती पुगेको छ ।
प्रहरीलाई अबरोध गरेको भन्दै चार जनालाई पक्राउ गरेकोछ । पक्राउ पर्नेमा स्थानीय बर्ष २४ को रन्जित वाइवा , सोहि स्थानको बर्ष २० को सुमन वाइवा , बर्ष २२ को संचरास घलान र बर्ष ३५ को धन बहादुर घलानलाई नियन्त्रणमा लिईएको छ । झडपको क्रममा तिनजना प्रहरी समेत घाइते भएका छन् । घाईते हुनेमा प्रहरी जवानहरु अवधेस प्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेको प्रहरीले जनाएको छ । यादवको अबस्था मध्यम भए पनि अन्य दुई जनाको अबस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । घटना हिजो राती ९ः३० वजे भएकोहो ।