काठमाडौं : नेपाल कम्युनिष्ट पर्टी (नेकपा)मा व्यक्तिबाद हाबी हुँदै गएको छ । यसको उदाहारण पछिल्लो समय वसेको नेकपाको सचिवालय बैठकहरुले दखाँउँदै आएका छन् ।
जसको पछिल्लो उदाहारण आज वसेको सचिवालय बैठकबाट देख्न सकीन्छ । नेकपा भित्र रहेका दुई अध्यक्ष मध्य प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपि शर्मा ओलिले विचमानै वैठक छाडेर फेरी सहभागी हुनु र स्थायी कमिटीको मागलाई लत्याउनुे स्पष्ट पारेको छ । नेकपाका अध्यक्ष ओली वैठकमा आफ्नो पक्षमा बहुमत नपुगे पछि वैठकबाट वाहीरिनु र पूर्ब निर्धारीत स्थायी कमिटीको वैठक स्थगीत गरिनुले पनि नेकपामा व्यक्तिबाद हाबी भएको स्पष्ट देख्न सकीन्छ ।
सत्ता र शक्तिको उन्मातमा रहेको नेकपालाई यति खेर जनता के चाहेका छन् भन्ने कुराको ख्याल हुन सकेको छैन । जसका कारण सरकारले ल्याएको अध्यादेश देखि सरकार फेरवदल हुदै आजको मिति सम्म आई पुगेको छ । पार्टी एकताको समयमा दुई पाईलटले जहाज राम्रो संग हाँक्ने वताएका नेकपाका नेता तथा कार्यकर्ता अहिले संकटको समयमा आँफ्नै हात टाउको माथि राखि रामराम बाहेक केही भनेका छैनन् ।
सरकारले अहिले गर्नु पर्ने एउटा थियो तर भयो अर्को । जसका कारण आम नेपाली चिन्तित वनेको समयमा सत्ताधारी दल भित्र विवाद चुलिनुलाई नेपाली जनताले चासोको रुपमा हेरेका छन् । यसै बिच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि विहीबारका लागि भनेर वोलाएको स्थायी कमिटीको वैठक समेत अनिणयको वन्दी वनेको छ । हुनता नेकपा भित्र विधान उल्लंघनको घटना नौलो कुरा होइन ।
यसअघि विधान नै नभएको उपाध्य पद सिर्जना गरेर वामदेव गौतमको चित्त बुझाउने सचिवालयले यसपटक २० स्थायी कमिटी सदस्यको मागलाई लत्याएको देख्न सकिन्छ ।
गत वैशाख ८ गते पार्टीसँग परामर्श नगरी अध्यादेश ल्याएको भन्दै स्थायी कमिटी सदस्यले बैठकको गर्दै पत्र बुझाएका थिए । पत्रमा २० जना स्थायी कमिटी सदस्यले हस्ताक्षर गरेर बुझाएका थिए ।
विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेमा १५ दिनभित्र बैठक आह्वान गर्नुपर्छ ।
स्थायी कमिटी सदस्यको मागलाई मध्यनजर गर्दै शनिबारको सचिवालय बैठकले वैशाख २५ गते बैठक बोलाउने निर्णय गरेको थियो ।
बुधबारको सचिवालय बैठकले अनिश्चित वनाएको छ । प्रतिवेदन नै तयार नभएको भन्दै विधान मिच्ने काम भएपछि स्थायी कमिटी सदस्य थप रुष्ट बनेका छन् ।
“नेकपामा विधान मिच्नु कुनै नौलो कुरा होइन । दुई–चार दिनभित्र बैठक बोलाउँदासम्म ठीकै हुन्छ । नबोलाउने नै नियत हो भने यो अर्को मुद्दा बन्छ,” बेदुराम भुसालले भन्नुभयो । भुसालले पनि बैठकको मात्र गर्दै हस्ताक्षर गर्नुभएको थियो ।
पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले प्रतिवेदन तयार नभएकाले सर्वसम्मत रूपमा सल्लाह गरेर बैठक स्थगित गरेको बताएका छन् ।
।