
काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बिहीबार विहान ११ बजे बस्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा विहान ११ बजे बैठक बस्ने जानकारी प्राप्त भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताउनुभयो ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बुधबार विहान भएको छलफलपछि बैठक तय भएको हो ।