
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठकबारे छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि वैशाख २० गते बसेको बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । उक्त बैठकको एजेण्डाबारे छलफल गर्न बुधबार नेकपा सचिवालयको बैठक बसेको हो ।