चितवनः प्रतिवन्धित नेत्रबिक्रम चन्द्र विप्लब सहमुहका जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा विप्लब समुहका चितवन सेक्रेटरी दुर्गा सुवेदी रहेका छन् ।
सुवेदीलाई मंगलबार राती भरतपुर माहनगरपालिका वडा नम्बर ११ पोखरी चोकबाट पक्राउ गरिएको हो । सुवेदी घरमानै रहेको अबस्थामा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको । यस अघि मंगलबार नै सोही पार्टीका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई पनि चितवन प्रहरीले पक्राउ गरेको थियो ।