चितवनः प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपा “विप्लव” समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन ।
प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्का अनुसार रमेश रिजालको नामबाट टिकट काटेर स्वास्थ्य परिक्षण गर्दै गर्दा उनी पक्राउ परेका हुन । उनलाई सोही मेडिकल कलेजमा निगरानीमा राखेर उपचार गराईएको उहाँले जानकारी दिनुभयो ।
भ¥याङबाट लडेपछि बिरहीलाई परिवारले उपचारका लागि अस्पताल ल्याएको जनाएका छन् । उनी रत्ननगर नगरपालिका वडा नम्बर ५ निवासी हुन । विरही अस्पतालमा उपचाररत रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
विरहीले विप्लव समूहको प्रकाशन विभाग प्रमुख हेर्दै आउनुभएको छ । उहाँ तत्कालीन एकिकृत नेकपा माओवादी चितवनको ईन्चार्ज हुनुहुन्थ्यो ।