चितवनः चितवन राष्ट्रिय निकुञ्ज स्थापना ताका सौराहामा रहेको टाईगर ईकोलोजि परियोजनाले ल्याएको हात्ती आज बिहान मरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको अन्दाजी ७० वर्षको कृतिकली मरेको हो ।
कोषका प्रमुख रामकुमार अर्यालका अनुसार बि. सं. २०३० सालमा तराईबाट सो परियोजनाले ल्याएको हात्ती उमरेकै कारण मरेको देखिएको छ । पछिल्लो समय बिरामी परेको सो हात्ती विहान मृत अबस्थामा भेटिएको हो ।
हात्तीलाई पशु चिकित्सकहरुद्धारा पोष्टमाटम गरि गाडीएको छ ।






