बिषालु च्याउ खाँदा देवघाटमा एकै परिवारका पाँच जना बिरामी

चितवन वनबाट ल्याएको बिषालु च्याउ खाँदा देवघाट गाउँपालिकाका एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बिरामी हुनेमा देवघाट गाउँपालिका वडा नम्बर ५ का ४२ वर्षिय कृष्ण वहादुर भूजेल, उहाँको श्रीमती ४० वर्षिया गौरीमायाँ भूजेल, छोराहरु २१ वर्षिय तिर्थ वहादुर भूजेल, १७ वर्षिय मिन वहादुर भूजेल र १५ वर्षिय धनलाल भूजेल रहनु भएको छ ।
उहाँहरुले सोमबार विहान घर नजिकैको वनबाट ल्याएको च्याउ खाँदा बिरामी पर्नु भएको थियो । बिरामी परेपछि उहाँहरुलाई सोमबार दिउँसो उपचारका लागि भरतपुर अस्पताल ल्याईएको थियो । बिरामीहरु मध्ये कृष्ण बहादुर र धनलाल गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर बिरामीको पुरानो मेडिकल कलेजमा सघन उपचार कक्षमा उपचार भईरहेको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
यस अघि शनिवार र आईतबार जिल्लामा १२ जनाको बिषालु च्याउ खाँदा बिरामी परेका थिए ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer