क्यानबेराः बिश्व यतिवेला कोभिड १९ (कोरोना) भाइरसको त्रासमा रहेको छ । धनि, गरिब, उच्च घराना तथा सामान्य घराना सम्मकालाई यसले अच्युतो राखेको छैन ।
विश्वका धेरै देश यतिखेर लकडाउनमा रहेका छन् । अष्ट्रेलियामा भने यतिबेला अलिक सहज हुदै गएको छ । अष्ट्रेलियन सरकारले कोरोनाको प्रकोप देखिन थालेपछि बिदेशबाट यहाँ आउने जो कोहिलाइ पनि १४ दिन लकडाउनमा बस्न निर्देशन दिएको छ ।
अष्ट्रेलिया सहित बिश्वभरि यतिबेला आर्थीक मन्दिले गर्दा ब्यापार ब्यवसाय बन्द जस्तै छ । जसले गर्दा लाखौं कामदारहरु घरमा बस्न बाध्य छन् भने कतिको ब्यवसाय बन्द भएकाले कामदारको बिचल्लि छ । यहाँका नागरिकलाइ सरकारले आर्थिक राहत प्याकेजको ब्यवस्था गरेपनि अन्तराष्ट्रिय बिध्यार्थीको हकमा भने त्यो बवस्था गरेको छैन यसले गर्दा लाखौं बिध्यार्थीहरु काम नभएर घरमा (लकडाउन) बस्न बाध्य छन् ।
यतिबेला अष्ट्रोलियामा रहेका बिध्यार्थीको सहयोगमा भने एनआरएनए अष्ट्रोलियाले गरेको सहयोगको खुलेका प्रसंसा भएको छ । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल सहित सबै स्टेटका एनआरएनए प्रतिनिधिहरु खुलेरै सहयोगमा जुट्नु भएको छ । कोभिड १९ का लागी टास्कफोर्स गठन गरेर त्यसवाट अर्थ संकलन, पिडितको पहिचान र राहत प्रकृया बाड्ने बारे संस्थाले काम गरिरहेको कुरा आइसिसि सदस्य राजु अधिकारीले बताउनु भयो ।
अष्ट्रेलियाको हकमा नेपाली डक्टहरुको संस्था आम्दाले पनि स्वास्थ्य सम्वन्धि जानकारि दिएर ठुलो सहयोग गरेको जानकारी दिनुभयो । यतिबेला ब्यक्तिगत रुपमा अर्थ संकलन गर्न गार्हो भएको सबैजनालाइ कोरोनाले प्रभाव पारेको हुनाले अष्ट्रेलियामा दर्ता रहेका झण्डै १ सय ७५ नेपाली संघ संस्थाहरुवाट रकÞम संकलन गरि अत्यावश्यक रहेका बिध्यार्थीहरु बिशेष एनएसडब्लु र मेलबर्नका धेरै र अन्य स्टेटका केहिलाइ सहयोग भइसकेको र भइरहेको कुरा पनि जानकारी गराउनुभयो । यो बेलामा ग्लोबल एनआरएनएको पनि नेपाललाइ के कस्तो सहयोग चाहिन्छ भनेर सहयोग गरिरहेको कुरा जानकारि दिनुभएको छ ।
त्यस्तै एनआरएनए एसिटिका हकमा पनि बिशेष रुपमा काममा जान नपाएका र आर्थीक रुपमा कमजोर भएका बिध्याथीहरुको लागत संकलन गरि २० जना भन्दा बढि भाइ बहिनिहरुलाइ राहत प्याकेज सहयोग गरेको कुरा अध्यक्ष चुडामणी सापकोटाले बताउनुभएको छ । एनआरएनए एसिटिले राहत मात्रै नभइ भीजा सम्वन्धि सहयोग, काम कहा‘ं कहा‘ं पाउन सकिन्छ भनेर लिंकहरु सहयोग गर्ने त्यसका लागी कसरि जाने भन्ने सहयोग साथै अन्य सहयोगहरु पनि गरिरहेको छ र यस्ता कार्य भोलिका दिनमा पनि गरिरहने हुनाले साथिहरुलाइ यस्ता कुनै सहयोग चाहिएमा एनआरएनए एसिटिका जो सुकै सदस्य साथिहरुलाइ सम्पर्क गर्न अनुरोध गर्नुभएको छ । उहाँले सबैजना कोरोनाबाट प्रभावित भएको हुनाले संयम रहन आग्रह गर्दै अव एसीटिको हकमा बिस्तारै बजार खुल्ने अवस्था रहेको हुनाले आफनो काममा सम्पर्कमा बस्न पनि अनुरोध गर्नुभएको छ ।
संकटको समयमा एनआरएनए अष्ट्रेलियाले यतिबेला आफनो अभिभावकको भूमिका निर्भाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !