चितवनः वनमा उम्रीएको च्याउ खाँदा भरतपुर महानगरपालिकाका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडिमा एकै परिवारका पाँच जना बिरामी परेका हुन ।
कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षिय बिर वहादुर चेपाङ्, उहाँको २५ वर्षिय छोरा सुमन चेपाङ्, २२ वर्षिया बुहारी सृजना चेपाङ, छोरीहरु १९ वर्षिया सर्मिला चोपाङ् र १५ वर्षिया अञ्जना चेपाङ् रहेका छन् । उहाँहरुले घर नजिकै रहेको वनबाट टिपेर ल्याएको च्याउ शनिवार साँझ खानुभएको थियो ।
च्याउ खाए संगै बिरामी परेपछि आज बिहान उहाँहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याईएको छ । बिर वहादुरको अबस्था गम्भिर रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भिर बिरबहादुरको सघन उपचार कक्षमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।