चितवनः पूर्बी चितवनको राप्ती नगरपालिकामा वैशाख २३ गते देखि दादुरा रुवेलाको खोप संञ्चालन गरिने भएको छ । गत मंगलबार गरिएको परिक्षणका क्रममा सो नगरपालिकाका चार जनामा दादुरा संक्रमण देखिए पछि खोप सुरु गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर १०,११,१२ र १३ मा खोप संञ्चालन गर्न लागिएको हो । ती वडामा रहेका ९ महिना देखि १५ वर्ष उमेर समुहकालाई खोप लगाईने छ ।
ती वडामा रहेका करिब ७ हजार जनालाई खोप लगाईने छ । स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाको निर्देशिका अनुसार सामाजीक दुरी कायम गरी खोप लगाईने छ । नगरपालिका प्र्रमुख प्रभा वरालका अनुरास धादिङमा दादुराको संक्रमण देखिए संगै सिमाना जोडिएका वडामा रहेका वालवालीका देखि युवा सम्मलाई दादुराको संक्रमण देखिएको हो ।