चितवनः एक दशकभन्दा बढी विद्यार्थी राजनीतिमा सक्रिय रहनु भएकी निशा अधिकारीको अहिलेको धेरै समय कृषि कर्ममा बित्ने गरेको छ । उहाँले राजनीतिलाई निरन्तरता दिंदै समाजसेवासँगै कृषिलाई पेशाका रुपमा रुपमा अगाडि बढाउनु भएको हो ।

बि.सं. २०६५ सालमा मैयादेवी कन्या कलेजको स्ववियू सभापतिसँगै विद्यार्थी राजनीतिको नेतृत्व थाल्नु भएकी अधिकारीको त्यसपछिको राजनीतिक यात्रा कहिल्यै तल झर्नु परेको छैन । अनेरास्ववियूको केन्द
ीय सदस्य, सचिवालय सदस्य, नारायणी अञ्चल ईन्चार्ज हुँदै पार्टी एकीकरण हुनु अघि उहाँ अनेरास्ववियूको अनुशासन आयोगको अध्यक्ष हुनुहुन्थ्यो । अहिले पनि संगठनको केन्द्रीय सदस्य र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीमा क्रियाशील हुनुहुन्छ ।

मिजासिलो स्वभाव, चिटिक्क परेको शारीरिक वनोट जसले स्टेज पाएपछि सबैलाई प्रभावित हुने गरी दिने भाषणकै कारण उहाँलाई नचिन्ने कमै छन् । जसका कारण स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म उहाँ परिचित हुनुहुन्छ ।

अहिले यहाँको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका सदस्य समेत रहनु भएकी अधिकारी लकडाउनको अधिकांश समय आफ्नो कृषि फर्ममा भेटिनु हुन्छ । कृषि क्षेत्रका अग्रज, पूर्व प्रशासक, विदेशबाट फर्किएका मिहिनेती युवा र स्थानीयसँग उहाँको सहकार्य छ ।

यसै समूहले भरतपुर महानगरपालिका वडा नं. २४ को नयाँबस्तीमा केरुङ्गा सामुहिक तरकारी कृषि फर्म सञ्चालनमा ल्याएको छ । ६२ विगाहा जमिनमा सिंचाईको व्यवस्था गरेर सामुहिक तरकारी खेती गरिंदै आएको छ ।

यसै आर्थिक वर्षबाट तरकारी खेती गर्न शुरु गरिएको हो । अधिकारीको सो समूहमा अरुको जस्तै शेयर छ । तर उहाँको कुनै पद छैन, यद्यपी बिहानदेखि बेलुकासम्म उहाँ फर्ममा नै व्यस्त हुनुहुन्छ । तरकारी लगाउनेदेखि बजारीकरणसम्म उहाँले सक्रिय भूमिका खेल्दै आउनु भएको छ ।

स्थानीय ९६ जना शेयरधनीले रु.२० हजारदेखि रु. १ लाखसम्म शेयर लगानी गरेर फर्म सञ्चालन गरिएको हो । वार्षिक प्रतिकठ्ठा रु. २ हजार भाडामा ७२ जनाको जग्गा भाडामा लिएर तरकारी खेती गरिएको छ ।

हाल गोलभेडा, खुर्सानी, भेन्टा, घ्यूसिमी, बन्दा, तनेबोडी, करेला, काँक्रो, लौका बिक्री वितरण भईरहेको छ । समूहका अध्यक्ष हरिबाबु ढकाल स्थानीयलाई रोजगारी दिंदै युवा जनशक्तिलाई आकर्षण गर्न समूह लागिपरेको बताउनुहुन्छ । विद्यार्थी राजनीतिमा सक्रिय अधिकारी जस्ता व्यक्ति कृषि कर्ममा लाग्दा समूहको बृत्ती विकाससँगै अन्यलाई नयाँ सन्देश दिईरहेको ढकालले बताउनुभयो । युवा जनशक्ति कृषि कर्ममा लाग्यो भने देशले समृद्धि पाउने भन्दै उहाँले अधिकारी जस्ता युवाहरु सक्रिय रुपमा कृषि कर्ममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीयदेखि माथिल्लो तहसम्म समन्वय भएकाले बजारीकरणमा सहयोग पुगेको ढकाल बताउनुहुन्छ । सो समूहले बाग्मती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडासँग सहकार्य गरेर एकीकृत नमूना कृषि कार्यक्रम अन्तर्गत अनुदान लिएर फर्मलाई विस्तार गर्ने तयारीमा रहेको छ ।

अध्यक्ष ढकालका अनुसार थोपा सिंचाई, ग्रिन हाउस, सिकाई केन्द्र, विभिन्न औजार उपकरण खरिद, पाइपलाइन विस्तार, गोदामघर निर्माण, एक हजार टन क्षमताको कुलबोट (चिसो घर) जस्ता संरचना निर्माण गरिंदै छ ।

सो वडाका अध्यक्ष कान्छा मल्ल समूहका संरक्षक हुनुहुन्छ । सो क्षेत्रलाई कृषि पर्यटन वडाका रुपमा विकास गर्न अधिकारीले उत्प्रेरित गरेको उहाँले बताउनुभयो । मल्लको वडामा मात्रै तीन सय हेक्टरभन्दा बढीमा तरकारी खेती गरिएको छ । मल्लले विद्यार्थी राजनीतिसँगै कृषि कार्यमा अधिकारी सक्रिय हुँदा अरुलाई पनि प्रेरणा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो “अब युवाले जाँगर चलाउनु पर्छ, निशाजी यस्को नमूना हुनुपर्छ ।”

फर्मलाई १२ वर्ष कोरियामा काम गरेर फर्किनु भएका अनुभवी रनु भुजेलले व्यवस्थापन गर्दै आउनु भएको छ । सबैको तारतम्य मिलेसँगै फर्म राम्रोसँग अगाडि बढिरहेको छ ।

अधिकारी अग्रज कृषकको उत्प्रेरणाले आफूलाई कृषि क्षेत्रमा आकर्षित गरेको बताउनुहुन्छ । मल्ल, ढकाल, भुजेल जस्ता कृषिलाई माया गर्नेहरुको समिपमा रहेर काम गर्ने अवसर पाउँदा निकै खुशी भएको भन्दै अधिकारीले भन्नुभयो “विचौलियाको अन्त्य गर्दै बारीबाट सिधै तरकारी भान्सासम्म पु¥याउनु पर्छ । तब मात्रै कृषकले उचित मूल्य पाउँछन् ।” यो छोटो. समयमा विचौलियाले कृषकको श्रमको शोषण गरिरहेको आफूले अनुभव गरेको उहाँले बताउनुभयो ।

लकडाउनको समयमा समेत बारीको तरकारी कुहिन नदिन र सर्वसाधारणको भान्सामा अभाव हुन नदिन जनप्रतिनिधिको समन्वयमा काठमाण्डौं, पोखरासम्म तरकारी पु¥याउँदै आएको अधिकारी बताउनुहुन्छ । उहाँकै सक्रियतामा बजारीकरणको काम भईरहेको छ । घरमा आवश्यक पर्ने सबै खालका तरकारीलाई एउटै पोको पारेर सस्तो मूल्यमा घरघरमा पु¥याउने काम पनि भईरहेको छ ।

अधिकारीले भन्नुभयो “ग¥यो भने हुन्छ भन्ने आत्मविश्वास मलाई भएको छ ।” युवा शक्ति कृषि पेशामा लाग्नुपर्ने भन्दै उहाँले राजनीति, सामाजिक क्षेत्रसँगै कृषि कर्ममा लागेमा देशले छिटो समृद्धि हासिल गर्ने बताउनुभयो ।

नेपालमा रोजगारी नभएको भन्दै विदेश जानु युवाहरुका लागि अधिकारी एक उदाहरण हुनुहुन्छ । उहाँको सिको गर्दै कृषिलाई मूल पेशा बनाउनेतर्फ युवाहरु लाग्ने हो भने रोजगारीको समस्या पनि हल हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !