काठमाडौंः भारतमा कोरोना भाइरस )कोभिड–१९) का कारण ज्यान गुमाउनको संख्या ९३७ पुगेको छ । संक्रमितको संख्या २९ हजार ९७४ पुगेको बीबीसीले जनाएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये ७ हजार २७ जना उपचारपछि घर फर्किसकेका छन् । भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको संक्रमण देखिएको छ ।