चितवनः नेपाल पत्रकार महासंघ बागमती प्रदेशले नेपाल पत्रकार महासंघ चितवन शाखालाई पत्रकारहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । प्रदेश अध्यक्ष प्रताप बिष्टले आज शाखा अध्यक्ष राधेश्याम खतिवडालाई सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा उहाँले २ सय थान सर्जिकल माक्स, ८० थान सेनीटाईजर र ८० थान पन्जा बिष्टले हस्तान्तरण गर्नु भएको हो । उहाँले पत्रकारहरुलाई अहिलेको अबस्थामा समाचार सम्प्रेसणमा सहयोग पुगोस भन्ने उद्धेश्यले बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा ती सामाग्री उपलव्ध गराईएको जानकारी दिनुभयो ।
प्रदेशका १० वटा जिल्लामा सामाग्री पठाईएको उहाँको भनाई थियो । लकडाउनको समय भन्दा त्यस पछिको समयमा यस्ता सामाग्री थप आबश्यक हुने भन्दै शाखा अध्यक्ष खतिवडाले त्यसको प्रबन्धका लागि अनुरोध गर्नुभयो । चितवनमा झण्डै तीन सय पत्रकार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !