भारतमा क्वारेन्टाईनमा बसेकी महिला माथी सामूहीक बलत्कार

राजस्थानः नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन जारी रहेको बेला भारतको राजस्थानमा क्‍वारेन्टाइनमा रहेकी एक महिलामाथि सामूहिक बलात्कार गरिएको छ ।

दैनिक मजदुरी गर्ने एक महिलाले बासका लागि प्रहरीलाई गुहारेपछि प्रहरीले उनलाई क्‍वारेन्टाइनमा राखेको थियो । उनले आफ्नो घर फर्किने बाटो बिर्सेपछि प्रहरीलाई बासका लागि गुहारेकी थिइन् ।
प्रहरीले उनलाई क्‍वारेन्टाइनका लागि एक विद्यालयमा राखेका थिए । उनलाई त्यहाँ तीनजनाले सामूहिक बलात्कार गरेका हुन । २३ अप्रिलमा उनलाई बलात्कार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको राजस्थानको सावाइ माधवपुर जिल्लाका प्रहरी प्रमुख पार्थ शर्माले बताएका छन् । यस मुद्दामा प्रहरीमाथि पनि अनुसन्धान थालिएको उनले बताएका छन् । (अलजजिरा)