चितवनः कोरोना भाईरस संक्रमणका समयमा जिल्ला प्रबेश गरेका ६ सय ८० जनाले क्वारेन्टाईन अबधि पुरा गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंम्खडाका अनुसार सार्बजनीक क्वारेन्टाइनमा रहेका ३५ जना र होम क्वारेन्टाईनममा रहेका ६ सय ४५ जनाले क्वारेन्टाईन अबिधि पुरा गरेका हुन ।
चैत महिना पछि बिभिन्न देशहरुबाट नेपाल आएका र अन्तर जिल्ला आउनेहरुलाई क्वारेन्टाईनमा राखिएको थियो । अहिले जिल्लाका ६६ जना सार्बजनीक र होम क्वारेन्टाईनमा रहेको उहाँले जानकारी दिनुभयो । सार्बजनीक क्वारेन्टाईनमा ६४ जना र होम क्वारेन्टाईनमा ६ सय ८२ जना रहेका थिए ।

अहिले ती मध्ये २९ जना सार्बजनीक क्वारेन्टाईनमा र ३७ जना होम क्वारेन्टाईनमा रहेका छन् । कालिका नगरपालिका र राप्ती नगरपालिकामा रहेका सार्बजनीक क्वारेन्टाईनमा २९ जना रहेका छन् । कोरोना भाईरसको संक्रमणका समयमा बिभिन्न स्थानबाट जिल्लामा आएकाहरुलाई १७ दिन सम्म क्वारेन्टाईनमा राख्ने गरिएको छ । अहिले क्वारेन्टाईनमा रहेकाहरु मध्ये ५ जना बिदेशबाट आएका र अन्य ६१ जना अन्तर जिल्ला बाट चितवनमा आएका रहेको उहाँले बताउनुभयो ।

होम क्वारेन्टाईनमा बस्नेहरुलाई स्थानीय तहका स्वास्थ्य कर्मी र प्रहरीसंग समन्वय गरि राखिएको छ । लकडाउनको समयमा छिमेकी देश भारतको सिमानामा रोकीएकाहरु आजबाट जिल्लामा आउने भएकाले क्वारेन्टाईनमा बस्नेको संख्या वढ्ने उहाँले बताउनुभयो । भारतमा क्वारेन्टाईनमा बसेकाहरुलाई पनि जिल्लामा ल्याए पछि पुनः क्वारेन्टाईनमा राखिने उहाँको भनाई छ । सिमानामा रोकीएकाहरु नेपाल आउदै छन् । उनीहरुलाई पुनः क्वारेन्टाईनमा राखिने छ । उनीहरु आज साँझ सम्म जिल्लामा आई पुग्नेछन् ।

जिल्लामा हाल ३ सय जना क्षमताको क्वारेन्टाईन र २ सय ९९ जना क्षमताको आईसोलेसन रहेको उहाँको भनाई छ । जिल्लाका अन्य स्थानमा समेत क्वारेन्टाईन राख्नका लागि स्थानीय तहसंग समन्वय गरि पहिचानको काम भईरहेको उहाँले बताउनुभयो ।

हाल सम्म जिल्लामा ८ सय २९ जनाको ¥यापिट डाईग्नोष्टिक टेष्ट गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार उनीहरु मध्ये दुई जनामा पोजेटिभ र एक जनामा शंकास्पद नतिजा देखिएको थियो । पोजेटिभ देखिएकाहरुको स्वाब परिक्षणका क्रममा नतिजा नेगेटिभ आएको थियो भने शंकास्पद देखिएकी ६३ वर्षिया महिला र उनका २७ वर्षिय छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएका मध्ये २७ वर्षिय छोरालाई अस्पतालले शनिवार डिस्चार्ज गरेको छ भने आमाको नतिजामा पेजेटिभ देखिए पछि अस्पतालमानै राखि उपचार भईरहेको छ ।
यहाँ रहेको भरतपुर कोभिड १९ प्रयोगशालामा ४ सय ७२ जनाको पिसिआर परिक्षण गरि सकिएको छ ।

प्रतिक्रिया दिनुहोस !