चितवनः श्रीवैष्णव परिषद् नेपाल ,श्रीवैष्णव युवा परिषद् नेपाल र श्रीवैष्णव महिला परिषद् नेपालले आज चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई आज एक कार्यक्रमका बिच स्वचालित स्यानिटाइनिङ मेशिन हस्तारण गरेको छ ।
हस्तातरण कार्यक्रममा बोल्दै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले यस मेशिनको प्रयोगले अस्पतालमा आउने बिरामीहरु तथा बिरामीका आफन्तहरुलाई सुरक्षित रहन खराब भाईरसहरु तथा ब्याक्टेरियाहरुले शरीरमा प्रवेश गर्न नपाउनेमा सहयोगी हुने बताउनुभयो ।साथै उहाँले यस्ता सहयोगमा धार्मिक संघ संस्था पनि ऐक्यबद्ध भएर लागेकोमा थप खुसी भएको बताउदै कोरोना सँग लड्न सबै प्रकारका संघ संस्थाहरु लाग्नुपर्नेमा जोड दिनुभयो । साथै निजी अस्पतालहरुले ज्वरोको बिरामीलाई समेत नलिइको यस समयमा सरकारी अस्पतालमा आउने बिरामीहरु सुरक्षित तुल्याउन सहयोगी मेशिन दिएकोमा परिषद्लाई धन्यवाद दिनुभयो ।
सेनिटाइजिङ मेशिन हस्तारण गर्दै श्रीवैष्णव परिषद् नेपालका केन्दि«य उपाध्यक्ष कृष्ण प्रपन्न गौतमले वैदिक सनातन धर्म संस्कार अनुरुप आफ्ना दैनिक आचारण सम्पादन गरेमा संक्रमण कम गर्न सकिने बताउनुभयो । हाम्रो वैदिक हिन्दु नातन धर्मले हरेक क्रियाकलाप अगाडि अनिवार्य हात धुने, शरीर शुद्धि गर्ने तथा कपडा परिवर्तन गर्ने लगायतका काम हुने गरेकोले त्यसलाई अनुसरण गर्दा आफु स्वस्थ्य रही धेरै बाँच्न तथा कोरोना संक्रमणबाट बच्न सकिने बताउनुभयो ।
श्रीवैष्णव युवा परिषद् नेपालका कोषध्यक्ष तथा चितवन जिल्ला शाखाका अध्यक्ष वेद प्रसाद आचार्यले संचालन गर्नुभएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी , अस्पतालका डा. मनोज कँडेल, स्टोर, श्रीवैष्णव युवा परिषद् नेपालका केन्दि«य सदस्य डा. सुन्दर गौतम, पूर्व केन्द्रिय सदस्य फुलनाथ निउरे, परिषद्का केन्दि«य सदस्य टीकाराम कडेल, महिला परिषद् चितवन शाखाकी अध्यक्ष तुलसी निउरे, नेपाली युवा उद्यमी संघ चितवन शाखाका अध्यक्ष दाताराम घिमीरे लगायतको उपस्थिति रहेको थियो ।
करीब १ लाख पचास हजार  लागतमा निर्माण गरेको उक्त सेनिटाइजिङ मेशिनले छिरेपछि १० सेकेण्डमै पूर्ण सेनिटाइज गर्नेछ। जसले १ जना व्यक्ति ५ घण्टासम्म कुनै पनि किटाणुको संक्रमणबाट बच्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस !