
चितवनः लायन्स क्लब अफ भरतपुरले मानव सेवा आश्रमका लागि खाध्यन्न सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमणका कारण आश्रममा रहेका व्यक्तिहरुलाई खानको लागि दुःख नहोस भने क्लबले सहयोग गरेको हो ।
लायन्य ईन्टरनेस्नल ३२५ वि २ का सेकेन्ड भाईस गभर्ननर राम प्रसाद भट्टको प्रमुख आतिथ्यतामा आश्रमका व्यवस्थापकलाई खाध्यन्न सामाग्री हस्तान्तरण गरिएको हो । क्लबका सचिब भिष्म अधिकारीका अनुसार क्लबका अध्यक्ष अनुजराज पन्त र भट्टले संयुक्त रुपमा खाध्यन्न सहयोग गर्नु भएको हो ।