चितवनः लकडाउन संगै निकुञ्ज सुरक्षामा चुनैति थपिएको छ । शहरी क्षेत्र लकडाउनले ठप्प भए पछि बिभिन्न बाहानामा मानिसहरु निकुञ्ज प्रबेश गर्ने क्रम वढेपछि सुरक्षामा चुनौति थपिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार चैत ११ गते लकडाउन सुरु भए यता निकुञ्जमा बिभिन्न तबरबाट प्रबेश गर्नेको संख्या निकै वढेको छ । यस अबधिमा ४ सय ४३ जनालाई पक्राउ गरि आबश्यक कारवाहि भईरहेको उहाँले जानकारी दिनुभयो ।

नदिमा गोहीले फुल पार्ने बेला भएकाले फागुन देखि असार मसान्त सम्म माछा मार्न पाईदैन । तर यस अबधिमा तिहारी र हाते जाल प्रयोग गर्ने २ सय २६ जना पक्राउ परेका छन् । घाँस, दाउरा गर्न गएका २ सय ६ जना पक्राउ परेका छन् । निकुञ्जले दिएको जानकारी अनुसार बन्यजन्तु चोरी शिकारको एउटा घटनामा आठ जना पक्राउ परेका हुन ।

उनीहरुले चित्तल मारेको आरोप निकुञ्जको छ । काठ चोरि निकासी गरेकोमा तीन जना पक्राउ परेका छन् । कोरोना भाईरसका कारण पक्राउ परेकाहरुलाई तत्काल अनुसन्धान गरि हाँजिरी तारेखमा छाडिएको उप्रेतीले जानकारी दिनुभयो । हाल हिरासतमा एक जना मात्र रहेका छन् । यसै अबधिमा एउटा घडियाल गोही तिहारी जालमा परेर मरेको छ । निकुञ्जमा चोरी शिकारी वढे पछि चुरे केन्द्रित तीन दिनको गस्ति गरिएको छ ।

उप्रेतीका अनुसार पूर्बको सुनाचुरी देखि पश्चिमको त्रिबेणी सम्म सात वटा स्थानबाट स्विफ्ट अप्रेसन गरिएको हो । अनाधिकृत रुपमा प्रबेश गरेको नपाईएको उहाँले जानकारी दिनुभयो । यस्तै निकुञ्ज हुँदै बग्ने नदिहरुमा ढुङ्गा र पैदल गस्ति गरिएको छ । निकुञ्जका भित्रि भागहरुमा क्याम्पिङ, स्विपिङ र हात्तीबाट छुट्टा छुट्टै गस्ति भईरहेको छ ।

लकडाउनका कारण मानिसको प्रबेश वढेसंगै मानब र बन्यजन्तु बिचको द्धन्द्ध वढ्ने देखिएको छ । यस अबधिमा निकुञ्ज भित्र गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने बाघले एक जना र बंदेलले तीन जनालाई घाईते बनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती निकुञ्जमा अनाधिकृत प्रबेश वढे संगै चोरी तस्करीका गिरोह उनीहरु संगै प्रबेश गर्न सक्ने भएकाले जोखिम वढेको बताउनु हुन्छ । अरु वेला निकुञ्जमा पर्यटकहरुको चहलपहल हुने भए पनि अहिले सुनसान भएकाले छायाँ परेको यस समयमा चोरी सिकारी गर्नेहरु सक्रिय हुन सक्ने भएकाले बिशेष खालका गस्तिका कार्यक्रम भईरहेका रुपाखेतीको भनाई छ ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीले संयुक्त रुपमा गस्ति गरिरहेको उहाँले जानकारी दिनुभयो । सुराक सञ्जाललाई व्यवस्थित गरेर निकुञ्जको पुरै भागलाई सुरक्षा दिने काम भईरहेको उहाँले बताउनुभयो । फुर्सतको समयमा नदिमा पौडी खेल्ने, माछा मार्ने र घाँस दाउरा गर्न जानेहरु संगै पेशेवर तस्करहरु पस्न सक्ने भएकाले निकुञ्जले सुरक्षाका रणनिति परिवर्तन गरि काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !