काठमाडौंः बिश्वव्यापि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार नाघेको छ । आज विहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार ८२ पुगेको छ ।
सबैभन्दा धेरै अमेरिकामा ५२ हजार १७६ ले ज्यान गुमाएका छन् । कोरोनाका कारण इटलीमा २५ हजार ९६९, स्पेनमा २२ हजार ५२४, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६ को मृत्यु भइसकेको छ ।
हाल १८ लाख ३२ हजार ३८९ कोरोना संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ५८ हजार ५३१ को अवस्था गम्भीर रहेको छ ।