काठमाण्डौः श्रीलङ्काले नेपालमा रहेका आफ्ना विद्यार्थीलाई स्वदेश फर्काएको छ । नेपालमा रहेका ७६ जना विद्यार्थी बोकेर श्रीलङ्कन एअरको जहाज कोलम्बोतर्फ लागेको जेनिथ ट्राभलका म्यानेजर दिपक मैनालीले जानकारी दिनुभयो ।
जेनिथ ट्राभल्स श्रीलङ्कन एअरको नेपालको लागि जनरल सेल्स एजेन्ट (जीएसए) हो । आफूहरुले नै यहाँको दूतावास र नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर ७६ जना विद्यार्थीलाई श्रीलङ्का पठाएको म्यानेजर मैनालीले बताउनुभयो ।
चीनको वुहान शहरबाट आफ्ना विद्यार्थी स्वदेश फिर्ता गरेको श्रीलङ्काले कोरोनाको महामारी फैलिएका अरु देशबाट पनि विद्यार्थी फिर्ता लगिरहेको छ ।
यसअघि श्रीलङ्काले मङ्गलबार पाकिस्तानको लाहोर र कराँचीबाट एक सय १३ जना विद्यार्थीलाई स्वदेश लगेको छ । बिहीबार भारतको अमृतसरबाट एक सय एक जना श्रीलङ्कन विद्यार्थी आफ्नो देश फर्केका छन् ।
शुक्रबार भारतको र कोयम्बटुर शहरबाट एक सय १७ जना र नेपालबाट ९३ जना श्रीलङ्कन विद्यार्थी स्वदेश लगिएको श्रीलङ्काले जनाएको छ ।