चितवनः चितवनस्थित धौलागिरि चितवन विश्वकर्मा सम्पर्क मञ्चले वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

बिहीबार मञ्चको प्रथम परिकल्पना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्युतीय “स्प्रेयर” र “भाइरस किलर केमिकल” हस्तान्तरण गरिएको हो ।

मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माले वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई दुईथान विद्युतीय स्प्रेयर र तीन लिटर भाइरस किलर केमिकल हस्तान्तरण गरेका हुन् ।

प्रहरी उपरीक्षक रानाभाटले विपद्को समयमा मञ्चको सहयोगले ट्राफिक प्रहरीको मनोबल बढाएको बताउनुभयो ।

त्यस्तै, मञ्चका महासचिव अमीर रामदामले जोखिमको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने ट्राफिक प्रहरी कर्मचारीलाई सुरक्षित राख्न सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !