चितवनः कोरोना भाईरस (कोभिड १९)को त्रासका कारण जिल्लामा लगाईएको तरकारी उठ्न छाडेको छ । तरकारी खेती गरेका किसानहरुले खेतबाट तरकारी बिक्रि हुन छाडेपछि जोतेर नष्ट गर्न थालेका छन् ।
लकडाउन सुरु भए यता केही मात्रामा तरकारी बिक्रि भएको भए पनि जिल्लामा संक्रमित भेटिए पछि किसानको बारीबाट तरकारी उठ्न छाडेको कृषकहरुको गुनासो छ । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको जनजागृत हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कंडेलले कोरोनाको संक्रमण देखिए पछि तरकारी लिनका लागि व्यवसायीहरु आउन छाडेको बताउनुभयो ।
सो सहकारीबाट तीन सय किसानले व्यवसायीक तरकारी खेति गर्दै आएका छन् । तरकारीको बजार काठमाडौं वुटवल र पोखरा भए पनि अहिले व्यवसायीहरु तरकारी खरिदका लागि नआउँदा किसानले लगाएको तरकारी बारीमानै सड््ने अबस्था आएको उहाँको भनाई छ । उत्पादीत तरकारी मध्ये केही काठमाडौंको कालिमाटी पठाईएको भए पनि बिक्रि हुन छाडेको उहाँले जानकारी दिनुभयो ।
यस्तै पश्चिम चितवनका कृषकले लगाएको तरकारी पनि बारीबाट उठ््न सकेको छैन । केरुङ््गा ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संघका अध्यक्ष जनकराज पुरीले तरकारी बिक्रि हन छाडे पछि किसानले तरकारी भएको बारीनै जोताउन थालेको बताउनुभयो । यस क्षेत्रमा चार सय भन्दा वढि किसानले व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका छन् । सहकारीले मात्रै ६२ विगाह क्षत्रफलमा सामुहीक तरकारी खेती गरेको छ ।
तरकारी उत्पादन भए पनि वजारको अभाब हुँदा र तरकारी खरिद गर्ने व्यवसायी नआउँदा समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तरकारी उत्पादन हुने मुख्य समयमा उत्पादीत तरकारी बिक्रि नहुदा चिन्ता वढेको छ।” कृषकले लागत मूल्य समेत नराखि बिक्रि गर्दा पनि तरकारी बिक्रि हुन नसकेको उहाँको भनाई छ । अहिले तरकारी खेती गर्ने किसान दयानीय अबस्थामा पुगेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “कोरोना भाईरसका कारण कृषक पनि त्रसित र व्यवसायीहरु पनि त्रसित हुँदा तरकारी बारीबाट उठ्न सकेन ।” उहाँले थप्नुभयो “कृषक आँफैले साईकलमा बेचेको छ । गाउँ गाउँ पु¥याएको छ । तर बिक्रि हुन सकेको छैन ।”
जिल्ला ताज तरकारी तथा फलफुल उत्पादक सहकारी संघका अध्यक्ष हरि थापाले बजार संञ्चालन नहुँदा तरकारी बिक्रि गर्न नसकिएको बताउनुभयो । अहिले तरकारीको उत्पादन वढ्नु र खपत कम हुनुले किसान समस्यामा परेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “तरकारी किनेर खानेले सुरक्षित साथ किनेको छ । जग्गा हुनेले बारिमा तरकारी उत्पादन गर्न थाल्यो । अनि कृषकको तरकारी बिक्रि हुन छाड्यो ।”राज्यले तरकारी वजार र अन्य अत्याबश्यक वस्तुका वजारहरु सुचारु गर्नु पर्ने थापाले बताउनुभयो ।
संस्थाका सचिब रामचन्द्र रेग्मी गण्डकी प्रदेशमा चितवनको तरकारी बन्देजनै लगाईएको बताउनुभयो । कोरोना संक्रमण देखिए पछि मुग्लीनबाटनै पोखरा तर्फ तरकारी जान छाडेको उहाँले जानकारी दिनुभयो । नबिकेपछि कृषकले वोडी, घिरौला, भेडे खुर्सानी जोत्न थालेका छन् ।
कृषि ज्ञान केन्द्र्र भरतपुरका अनुसार जिल्लामा ७ हजार ५० हेक्टर क्षेत्रफलमा व्यवसायीक तरकारी खेती हुँदै आएको छ । अहिले तरकारी उत्पादनका लागि राम्रो समय भएको कार्यालयका प्रमुख राजन ढकालले बताउनु भयो । जिल्लामा बार्षिक ९१ हजार मेट्रिकटन तरकारी उत्पादन हुदै आएको छ ।
अहिले कोरोनाको संक्रमणका कारण सरकारले लकडाउन गरे संगै तरकारी खेती गरेका किसानको बारीमा तरकारी खेरा जान थालेको उहाँले बताउनुभयो । कोरोना संक्रमण देखिए पछि अझै समस्या वढेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “तरकारी बोकेका सवारीलाई सरकारले आवागमनमा असहज वनाएको छैन । तर तरकारी व्यवसाय गर्ने व्यवसायी खरिदका लागि आउँन नसक्दा समस्या भयो ।”
जिल्लामा काउली, वन्दा गोलभेडा, गाजर, मुला, हरीयो साग, काँक्रो , लहरे तकारी लगाएतका तरकारीहरु लगाईदै आएको छ । लकडाउनका कारण सबै घरमा बस्ने भएकाले आफ्नो बारी हुनेले आफै तरकारी उत्पादन गर्न थालेको उहाँको भनाई छ । अहिले तरकारीको बिउ लिन आउनेको संख्या वढेको उहाँले बताउनुभयो ।
फलफुल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष मदन सापकोटाले कोरोना संगै लकडाउनका कारण तरकारी नबिकेको बताउनुभयो । जिल्लामा बिक्रि गर्न नदिए पनि भारतिय बजारबाट भने तरकारी आईरहेको उहाँको भनाई छ ।
गत साता पूर्बी चितवनको राप्ती नगरपालिकाका एकै परिवारका आमा छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु अहिले भरतपुर अस्पतालको आईसोलेसनमा रहेका छन् ।