काठमाडौंः कोरोना भाइरसका गम्भीर बिरामीको संख्या घट्न थालेको छ । सुरुमा कुल संक्रमित संख्याको ५ प्रतिशतसम्म गम्भीर बिरामी हुने गरेकोमा अहिले यो ३ प्रतिशत आइपुगेको छ ।

करिब डेढ हप्ताअघिसम्म ५ प्रतिशत गम्भीर बिरामीको संख्या रहेकोमा त्यसपछि ४ प्रतिशतमा झरेको थियो । हिजोसम्म ४ प्रतिशत रहेकोमा आजबाट ३ प्रतिशतमा झरेको छ ।
अहिले विश्वभर कोरोनाका १६ लाख ६३ हजार ९२८ जना विरामी उपचाररत छन् । यससमध्ये ५६ हजार ७६५ जना अर्थात ३ प्रतिशतको अवस्था गम्भीर छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक दिनको प्रेस ब्रिफिङमा कोरोना संक्रमण विस्तारे कम हुँदै गएको र विरामी निको हुने क्रम पनि बढ्दै गएको बताउँदै आएका छन् ।

नेपालमा अहिले २७ जनामा कोरोना संक्रमण रहेकोमा सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !