चितवनः कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरले तितेपाती मिसायर ह्याण्ड स्यानिटाईजर उत्पादन गरि बितरण सुरु गरेको छ । विश्वबिद्यालयले वनाएको स्यानिटाईजर आज भरतपुर महानगर प्रमुख रेनु दाहालले सहिदचोकमा रहेका तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरि बितरणको काम सुरु गर्नु भएको हो । कृषिक एबं कृषि उत्पादन ओसापसार गर्नेहरुलाई स्यानिटाईजर बितरण गरिने छ ।

विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रद्धारा ह्याण्ड स्यानिटाईजर उत्पादन गरिएको हो । केन्द्रका निर्देशक डा. ईश्वरी प्रसाद कडरियाका अनुसार ह्याण्ड स्यानिटाईजरमा तितेपातीको तेल ० दशमलब १२ प्रतिशत, ईथानल ८० प्रतिशत, ग्लिसिरल १ दशमलब ५ प्रतिशत, हाईड्रोजन पेरो अकसाईड ० दशमलब १२५ प्रतिशलाई निर्मलीकरण गरिएको पानीसंग मिश्रण गरेर तयार गरिएको हो ।

विश्वबिद्यालयका जीव रसायनशास्त्री उपप्रध्यापक सरोज सापकोटा जसले नेपालमा पाईने तितेपातीको मोलिकुलर एण्ड वायोकेमीकल प्रोपर्टीजमा विद्यावारिधि गर्दै हुनुहुन्छ उहाँकै प्रत्यक्ष निगरानीमा सेनीटाईजर निर्माण गरिएको कडरियाले जानकारी दिनुभयो । पहिलो चरणमा १ सय ८० लिटर सेनिटाईटर तयार गरिएको छ । जसलाई दुई सय एमएलको बोटलमा प्याकीङ् गरिएको छ । एक जना व्यक्तिलाई दुई सय देखि ६ सय एम एल सम्म दिईने कडरियाले जानकारी दिनुभयो ।

रसायनशास्त्री सापकोटाले बजारमा रसायनिक पदार्थको अभाव रहेको र आँफुहरु थप रसायनिक पदार्थ खोजी रहेको भन्दै प्रयाप्त हुना साथ ठूलो परिमाणमा ह्याण्ड स्यानिटाईजर उत्पादन गरि निरन्तर रुपमा बितरण गर्ने बताउनुभयो ।

भरतपुर महानगरपालिका आसपासका कृषक एबं कृषि बस्तु बिक्रेताहरुलाई पाथमिकता दिएर स्यानिटाईजर बितरण गरिने जनाईएको छ । अनुसन्धान तथा प्रसार निर्देशनालयको आर्थिक एबं प्र्राबिधिक सहयोगमा स्यानिटाईजर निर्माण गरिएको हो ।

कोरोना भाईरसको संक्रमणको जोखीममा पनि कृषि उत्पादन घरघरमा पु¥याई रहेका कृषक एबं कृषि उत्पादकका बिक्रेता जो माक्स, पन्जा, स्यानिटाईजर जस्ता सामान्य आधारभूत बस्तु पयोग गर्न पाएका छैनन् उनीहरुले यसको प्रत्यक्ष लाभ लिने छन् ।

प्रतिक्रिया दिनुहोस !