चितवनः उपचार गर्न आउने बिरामीले त्रास महशुश गरेका छन् । तर अस्पतालले अन्य बिरामी र तीनका आफन्तले त्रासमा बस्नु नपर्ने जनाएको छ ।
कोरोना भाईरसको संक्रमित बिरामीहरु राखे पछि भरतपुर अस्पतालमा कोरोना भाईरस (कोभिड १९)को संक्रमण देखिएका राखिएको भरतपुर अस्पतालमा अन्य अत्याबश्यक सेवाहरु बन्द नहुने जनाईएको छ । कोरोना संक्रमण देखिएकाहरुलाई अस्पतालको एउटा भवनको भूईं तलामा आवतजावत वन्द गराएर राखिएको हुँदा अत्याबस्यक सेवाहरु सुरक्षित तवरबाट संञ्चालन गरिएको छ ।
अस्पतालले आज जारि गरेको बिज्ञप्तीमा संक्रमण भएकाहरुलाई अस्पतालको ब्लक ए को भूर्इँतलामा आवतजावत वन्द गरि आबश्यक प्रबिधि जडान गरेर स्वास्थ्य सेवालाई थप प्रभावकारी वनाईएको उल्लेख छ । बिज्ञप्तीमा भनिएको छ “अन्य सेवालाई समेत प्रभावकारी बनाउन सेवाग्राहीलाई असर नपर्ने गरि व्यवस्थापन गरिएको छ ।” अस्पतालको बि ब्लकमा प्रसुती सेवा लगाएतको नेपाल सरकारका प्रथामीकतामा रहेका सेवाहरु रहेकाछन् ।
प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीद्धारा जारी बिज्ञप्तीमा व्लक ए को माथिल्लो तलामा आकास्मिक शल्याक्रियाको व्यवस्था र अस्पतालको आकस्मिक सेवाका लागि आएका बिरामीहरुको उपचार पकृयालाई व्यवस्थित वनाईएको जनाईएको छ । बिज्ञप्तीमा भनिएको छ “सबै आकस्मिक मार्फत भर्ना भएका बिरामीहरुका लागि यस अस्पतालका बिभागहरु खुल्ला छन् र कोभिड १९ को त्रासका कारण हतोत्साही हुनु नपर्ने जानकारी गराउँदछौ ।”
संक्रमण देखिएका बिरामीहरु राखिएको आईसोलेसन क्याबिनमा ईन्टरनेट र सिसि टिभि मनिटरीङमा रहेको हुनाले अन्य कुनै पनि हाल प्रद्धत्त सेवा अवरुद्ध नहुने र निर्धक्क सेवा लिन समेत आग्रह गरिएको छ । सो अस्पतालमा हाल कोभिड १९ पुष्टि भएका जिल्लाकै राप्ती नगरपालिकाका दुई जनालाई राखिएको छ । उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
केन्द्रिय स्तरको यस अस्पतालमा चितवन सहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्् । सामान्य समस्या भएमा अस्पतालका बिज्ञ चिकित्सकहरु संग टेलिफोन सम्बाद मार्फत सेवा लिन सकीने पनि बिज्ञप्तीमा जनाईएको छ ।
अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले पोजेटिभ देखिएका बिरामीहरु संग सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मीहरुले पूर्ण सुरक्षित भएर उपचार एबं परामर्श दिने भएकाले उपचार गर्न आउने अन्य बिरामीहरु डरमान्नु पर्ने अबस्था नरहेको बताउनु भएको छ । निःशुल्क र न्यून शुल्कमा उच्च स्तरको सेवा दिदै आएको सरकारी अस्पतालको सेवाबाट कोहि पनि बन्चित नहुन् भन्ने उद्धेश्यले व्यवस्थापन गरिएको अधिकारीले जानकारी दिनुभयो ।