चितवनः भरतपुर अस्पताल बिकास समितिका पूर्ब अध्यक्ष राजकुमार राजभण्डारीले भरतपुर अस्पताललाई आज एक सय थान एन ९५ माक्स प्रदान गर्नु भएको छ । उहाँले अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको रोहोबरमा मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई माक्स हस्तान्तरण गर्नु भएको हो । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचारमा सुरक्षित हुन सहयोग पुगोस भन्ने उद्धेश्यले आँफुले सहयोग गरेको राजभण्डारीले बताउनुभयो ।
माक्स ग्रहण गर्दै अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. तिवारीले सबैको सहयोग र शुभेच्छाले स्वास्थ्यकर्मीहरुमा मनोवल वढ्दै गएको बताउनु भयो । यस्ता सहयोगले कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि ठूलो सहयोग पुग्ने उहाँको भनाई थियो ।
यस अघि राजभण्डारी अध्यक्ष हुँदा अस्पताल बिकासमा उहाँले उल्लेखनिय भूमिका निर्बाह गर्नु भएको थियो ।