चितवनः नेपाल बिद्यार्थी संघ चितवनले आफ्नो स्थापना दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालयलाई बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ । संघले बर्तमान समयमा बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बाँच्नका लागि आबश्यक सामानहरु प्रहरीलाई हस्तान्तरण गरेको हो ।
नेपाली काँङ््ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र नेबिसंघ चितवनका अध्यक्ष सूर्य ढकालले एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङ्लाई सो सामाग्री हस्तान्तरण गनुभएको हो ।
आफ्नो कार्य क्षेत्रमा अगाडी बढोस भनी हामीले जिल्ला प्रहरी कार्यालय चितवनलाई एक एक हजार हजार मास्क, ग्लोभ्स, साबुन, पिउने पानी हस्तान्तरण गरिएको नेबिसंघ चितवनका सचिब गणेश रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !