साताको राशिफल

२०७७ वैशाख ६ – १२ गतेसम्म
वैशाखकृष्ण एकादशी – प्रतिपदासम्म
६ गते बरुथिनी एकादशीव्रत,
८गते सोमप्रदोषव्रत, छन्ददिवस,
१० गते दर्शश्राद्ध, निशी बार्ने,
११ गते स्नानदानका लागि औंसी, मातातीर्थस्नान,
आमाको मुख हेर्ने दिन, लोकतन्त्र दिवस, मातृसम्मान दिवस,
१२ गते चन्द्रोदय, ल। पु। मत्स्येन्द्रनाथ रथारोहण

मेषः साताको सुरु र अन्तिमका दिन केही सहज रहनेछ । शनि, रविबार थप अनुवूmल रहनेछ । मन प्रसन्न हुनेछ । सोम, मंगलबार नितान्त प्रतिकूल रहनेछ । बुध, बृहस्पति, शुक्रबार भाग्यवर्धक काम हुनेछ उपयुक्त अवसर प्राप्त हुनेछ ।
वृषः साताको पूर्वार्ध अनुकूल रहनेछ । शनि, रविबार मानसम्मान, पदप्रतिष्ठा प्राप्त हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । सोम, मंगलबार राम्रै आयस्रोत जुट्नेछ । मन प्रसन्न रहनेछ । बुध, बृहस्पति, शुक्रबारनितान्त प्रतिकूल रहनेछ ।

मिथुनः साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार आध्यात्मिक क्षेत्रमा व्यवधान आउन सक्नेछ । सोम, मंगलबार मानोन्नतिको अवसर प्राप्त हुनेछ । बुध, बृहस्पति, शुक्रबारमहिलाका तर्फबाट लाभ हुने देखिन्छ । विद्यामा प्रगति हुनेछ ।

कर्कटः साताको अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार नितान्त प्रतिकूल रहनेछ । सोम, मंगलबार मध्यम प्रायः रहनेछ । बुध, बृहस्पति, शुक्रबारआटेको काममा सफलता मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मनोबल बढ्नेछ ।

सिंहः साताको थोरै मात्र दिन अनुकूल रहनेछन् । शनि, रविबार अत्यन्त सहज र सुखद यात्रा हुनेछ । पारिवारिक सहयोग पनि मिल्नेछ । सोम, मंगलबार नितान्त प्रतिकूल रहनेछ । बुध, बृहस्पति, शुक्रबारमध्यम प्रायः रहनेछ । शरीर अस्वस्थ हुन सक्छ ।

कन्याः साताको अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार शत्रु परास्त हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । सोम, मंगलबार व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । बुध, बृहस्पति, शुक्रबारप्रतिकूल रहनेछ ।

तुलाः साताको सुरु बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार सावधानयोग्य रहनेछ । सोम, मंगलबार आटे ताकेको काम सजिलै बन्नेछ । बुध, बृहस्पति, शुक्रबारयात्रा गर्ने अनुकूल अवसर प्राप्त हुनेछ । मनोरञ्जन गरिनेछ । प्रियजन भेटिनेछन् ।

वृश्चिकः साताको अन्तिम अनुकूल रहनेछ । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगलबार कडा प्रतिस्पर्धा गर्नु पर्ने देखिन्छ । शरीर पनि अस्वस्थ रहनेछ । बुध, बृहस्पति, शुक्रबारशत्रुमाथि विजय प्राप्त हुनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।

धनुः साताको सुरु अनुकूल रहनेछ । शनि, रविबार सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । उत्तरदायित्व थपिनेछ । सोम, मंगलबार नितान्त प्रतिकूल रहनेछ । बुध, बृहस्पति, शुक्रबारमनमा चिन्ता बढ्न सक्छ । नियमित कामलाई निरन्तरता दिनु पर्ने हुन्छ ।

मकरः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनि, रविबार बोलीवचनमा सावधान रहनु पर्ने देखिन्छ । सोम, मंगलबार साताकै उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ । सामाजिक यश मिल्नेछ । बुध, बृहस्पति, शुक्रबारनितान्त प्रतिकूल रहनेछ ।

कुम्भः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । सोम, मंगलबार मध्यम प्रायः रहनेछ । बुध, बृहस्पति, शुक्रबार निर्णायक कामको जिम्मा बढ्नेछ ।यश, कीर्ति मिल्नेछ ।

मीनः साताको मध्य भाग अनुकूल रहनेछ । शनि, रविबार खर्चिलो रहन सक्नेछ । सोम, मंगलबार भाग्योदयकारक रहनेछ । पढाइ लेखाइले गति लिनेछ । बुध, बृहस्पति, शुक्रबार आर्थिक विचलन देखिन सक्नेछ । स्वास्थ्यमा पनि गडबड हुन सक्छ ।