चितवन: भरतपुर कोभिड १९ प्रयोगशालामा परिक्षणका क्रममा जिल्लाका दुई वटा नमुना शंकास्पद देखिए पछि काठमाडौं पठाईएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई जनाको नमुना शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार आज बिहान ३ वजे नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको हो । बुधबार ¥यापिट डाईग्नोष्टिक टेष्टका क्रममा एक जना महिलाको शंकास्पद नतिजा आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आईसोलेसनमा राखिएको थियो ।
उनीहरु मध्ये आमा र एउटा छोराको नमुना शंकास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आईसोलेसनमा राखिएको छ । चैत ५ गते उनीहरु बेलायतबाट हंङ्कङ हुदै आएका हुन ।
नीजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !