प्रस्ताब सुबेदी
चितवनः लकडाउनको उलंघन गरि चितवन जिल्ला छिर्न खोज्ने एक सय भन्दा वढीलाई आज फकाईएको छ । चितवनको ईच्छाकामना गाउँपालिका र धादिङ्को रोराङ् गाउँपालिका सिमा क्षेत्रमा पर्ने मौवाखोलामा आईपुगेका उनीहरुलाई सिमा क्षेत्रबाट फर्काईएको हो । उनीहरु अधिकांश धादिङ्का मजदुर हुन भने काठमाडौंका रहेका छन् ।
सिमा क्षेत्रमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई धादिङ्का प्रमुख जिल्ला अधिकारी असमान तामाङ्, ईच्छाकामना गाउँपालिका अध्यक्ष गिता गुरुङ््, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा लगाएतको उपस्थितीमा छलफल पछि जहाँबाट आएकाहुन उनीहरुलाई सोही ठाउँतर्फ फर्काउने सहमती भए अनुसार त्यसको कार्यान्वयन गरिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी भट्टराईले उनीहरु गाडी र पैदल आएको जानकारी दिनुभयो । जो जसरी आए पनि उनीहरुलाई जिल्ला छिर्न नदिईने भट्टराईको भनाई छ । देशकै मध्यभागमा रहेको यस जिल्ला हुँदै राजधानी प्रबेश गर्ने र बाहीरिनेको संख्या ठूलो रहेको छ । जिल्लाको अन्य बिभिन्न नाका नारायणगढको पुलचोक, ईच्छाकामनाको मुग्लीन, राप्तीको लोथर, तनहुको देवघाट र माडीमा सुरक्षा चेक जाँचमा कडाई गरिएको छ । सरकारले तोके अनुसार आबश्यक सवारी बाहेक सबै रोकीएको भट्टराईले बताउनुभयो ।
यस अघि लकडाउन उलंघन गर्दै बिभिन्न जिल्लाबाट चितवन हुँदै धेरै मजदुर हिडेर वा सवारी साधनमा आउने गरेका थिए ।
यता भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिमा क्षेत्र पार गरेर आएका मजदुरले पैदलै हिड्दा दुःख पाएको भन्दै जिल्ला काटाउने घोषणा गर्नु भएको थियो । उहाँले भन्नुभयो “अन्यत्र जे भए पनि हाम्रो जिल्ला हुँदै खुट्टामा ठेला परेर हिड्र्नु पर्ने बाध्यता बाट मुक्तगर्न चाहान्छौं ।” आज धादिङ बाट आउन लागेकाहरुलाई जिल्ला पार गराउन भरतपुर महानगरपालिकाले लायन्स ईन्टरनेस्नलको सहयोगमा गाडीहरु तयार गरेको दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “उहाँहरुलाई सम्बन्धित ठाउँमा फकाईएछ राम्रो भयो आउँनै परेको भए गाडीको व्यवस्था हामीले गरेका थियौं ।”
दाहालले बिभिन्न संघ संस्था र सरकारी स्कुलका गाडी तयारी अबस्थामा राखेको जानकारी दिनुभयो ।
स्थानीय तहको समन्वयमा हिडेर आउने लाई नेपाली युवा उद्यमी मञ्चले नारायणगढमा र स्थानीयले रामनगरमा खानाको व्यवस्था गरेका छन् । दाहालले भरतपुर महानगरपालिकामा रहेका मजदुरी गरेर खाने र न्यून वर्गहरुलाई लकडाउनमा खानाका कारण वन्चीत नगाराईने बताउदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !