
चितवनः सरकारले लगाएको लकडाउन(बन्दावन्दी) उलंघन हुँदै आएको व्यापक जनगुनासो आईरहेको समयमा जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनलाई कडा वनाउने भएको छ । कार्यालयले जारी गरेको सूचनमा आज मध्यरातबाट १५गते मध्यरात सम्म लकडाउनलाई कडाई गर्न लागिएको उल्लेख छ ।
सूचनामा कोरोना भाईरसको संक्रमण हुन सक्ने भन्दै सरकारले गरेको लकडाउनलाई प्रभावबकारी रुपमा अघि वढाउन स्थानीय प्रशासनले सिमित सवारी साधन र पसलहरु तोकीएको समयमा मात्र संञ्चालनमा ल्याउने जनाएको छ ।
सूचना अनुसार औषधि पसल, खानेपानीका जार वेच्ने पसलहरु, ग्याँसका डिपोहरु, पोट्रोलपम्पहरु, खाध्यन्न मात्र बिक्रि गर्ने पसल, ठेलागाडा र साईकलमा तराकारी बेच्ने पसल, डेरीहरु मात्र संञ्चालनमा आउने छन् । यस्तै सवारी साधनको हकमा एम्बुलेन्समा बिरामीको साथमा २ जना मात्र सहयोगि रहने गरि, शववाहान, दमकल, राजमार्गमा यात्रा गर्ने मालबहाक सवारी साधनहरु, भित्रि वाटोको हकमा अत्याबश्यक सामान बोकेका सवारी साधनहरु, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, परिचय पत्र वाहक स्वास्थ्यकर्मीहरुका सवारी साधन मात्र संञ्चालन गर्न पाईने उल्लेख छ । स्वास्थ्य कर्मीहरुको हकमा आँफु अस्पतालमा जाने र हुने समय तालिका साथमा हुनु पर्ने सूचनामा उल्लेख छ ।
स्थानीय प्रशासनले जिल्लामा कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलन सक्ने खतरा बढे संगै सुरक्षा व्यवस्थामा कडाई गर्न लागेको हो । स्थानीय प्रशासनको आग्रह पालना नगरेको पाईएमा स्थानीय प्रशासन ऐन २०२० अन्तर्गत कारवाहि गरिने सूचनामा जनाईएको छ ।
स्थानीय प्रशासनले जारि गरेको आग्रहलाई पालना गरि कोभिड १९ संक्रमण हुनबाट बाँच्न सबैलाई अपिल समेत गरिएको छ ।