चितवन: कारागार कार्यालय चितवनका एक कैदीको मृत्यु भएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का प्रितम बहादुर कुर्मीको मृत्यु भएको हो ।
लागुऔषध मुद्धामा वि. सं. २०७३ सालमा जिल्ला अदालत बाँकेले ६ वर्ष कैद र रु १० हजार जरिवाना तोकेका कुर्मीको आज राति मृत्यु भएको हो । क्यान्सर रोगका कारण कुर्मीलाई २०७४ साल बैशाख १६ गते कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट चितवन पठाईएको थियो ।
पेटको क्यान्सरको उपचारका क्रममा उनको मृत्यु भएको काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !