
चितवनः एलपी ग्याँस उद्योगहरुमा ग्याँस नबिकेर बुलेट समेत खाली गर्न उद्योगीले पाएका छैनन् । देशभरमा ५८ वटा ग्याँस उद्योग छन् ।
नेपाल एलपी ग्याँस उद्योग संघका केन्द्रीय अध्यक्ष गोकुल भण्डारीका अनुसार ती उद्योगले मगाएका २ सय ५० वुलेट खाली गर्न सकिएको छैन । लकडाउनको समयमा ग्याँसको अभाव हुन नदिन भन्दै १२ दिन सम्म आधा सिलीण्डर मात्रै भरेर बिक्रि गरिएको थियो । एक सिलिण्डरमा १४ दशमलब २ किलो ग्याँस हुने भए पनि ७ दशमलब १ किलो ग्याँस मात्र बिक्रि गरिएको थियो ।
भण्डारीको भनाईमा झण्डै १० लाख सिलीण्डर आधा मात्रै भरेर ग्राहककोमा पठाईएको छ । खपत समेत आधा घटेकाले ग्याँस बिक्रि हुन नसकेका हो । उहाँका अनुसार यसैले गर्दा ग्राहककोमा सिलिण्डर खालि नहुदाँ ग्यास बिक्रि हुन नसकेको हो ।
बाबा, श्री र लुम्बीनी गरि तीन उद्योग संञ्चालन गर्दै आउँनु भएका बिमल कालाखेतीका अनुसार भण्डारण खाली नभएपछि बुलेट खाली गर्न सकीएको छैन । चालकलाई उद्योगले खाना र बस्न व्यवस्था गरेरे राखेका छन् । ९६ घण्टा भन्दा बढी समय बुलेट राख्नुपरेमा दैनिक अतिरिक्त शुल्क समेत तिर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा सामान्य अबस्थामा दैनिक १ लाख वटा सिलीण्डर बिक्रि हुने गर्दछ । लकडाउनको हल्ला संगै धेरैले सिलीण्डर भरेर राखेको र सभा सम्मेलन एबं होटल बन्द हुँदा खपत आधा घटेको कालाखेतीको भनाई छ ।
नेपालका ग्याँस उद्योगमा रु १५ करोड देखि २ सय करोड सम्म लगानी भएको व्यवसायीहरु बताउँछन् । सबैभन्दा ठूलो नेपाल ग्याँसका संञ्चालक समेत रहनुभएका भण्डारी आउँदा दिनमा ग्यास कत्तीको सहज हुन्छ अहिलेनै भन्न नसकीने भएकाले उपभोक्ताकोमा खाली सिलीण्डर भए भरेर राख्न अनुरोध गरिएको बताउनु हुन्छ ।